चितवन – सौराहास्थित सामाजिक संस्था सपना भिलेज सोसियल इम्प्याक्टले कालिका नगरपालिका वडा नम्बर १० र ११का महिलाहरुलाई लक्षित गरि विभिन्न सिपमूलक तालिम संञ्चालन गर्ने भएको छ।
यसका लागि सामाजिक संस्था सपना भिलेज सोसियल इम्प्याक्टले इच्छुक प्रशिक्षार्थीहरूको छनोट गर्नको लागि टोल विकास संस्थालाई जिम्मा दिएको छ।
हिजो सौराहामा आयोजित एक कार्यक्रमकावीच सपना भिलेज सोसियल इम्प्याक्टले कालिका नगरपालिका वडा नम्बर १० र ११ का सम्पूर्ण टोल विकास संस्थाका अध्यक्ष र सचिव एवं आमा समूहका अध्यक्ष र सचिवहरूलाई भेला गरी अन्तरकृया कार्यक्रम संञ्चालन गर्यो ।
अन्तरकृया कार्यक्रममा विभिन्न सिपमूलक तालिमका विषयमा तालिम लिन इच्छुक प्रशिक्षार्थीहरूको छनोट गर्नको लागि टोल विकास संस्थालाई जिम्मा दिने निर्णय गरिएको सामाजिक संस्था सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरिले जानकारी दिनुभयो।
यसका साथै आमा समूहलाई व्यवसायमूलक ढङ्गले सर्वोत्तम पिठो उत्पादन गर्ने फ्याक्ट्री तयार गर्नको लागि आमा समूहहरूको बीचको सहमति जुटाउनको लागि अनुरोध गर्ने निर्णय समेत गरिएको अध्यक्ष गिरिले जानकारी दिनु भयो।




