मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्न .(तस्बिरसहित) 


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २९, २०८१
  • 636
    SHARES
काठमाडौँ, ३० चैत । काठमाडौँ महानगरपालिका वडा नं २६ गोँगबुमा सञ्चालित नयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारणसभा तथा चौँथो अधिवेशन सम्पन्न .भएको छ ।
संस्थाका अध्यक्ष लिलाप्रसाद ढकालको अध्यक्षतामा आज दियालो फुडल्याण्डमा आयोजित साधारणसभामा बोल्दै काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले सहकारीप्रति आम नागरिकमा देखिएको निराशा चिर्न नयाँबसपार्क बचत तथा ऋण सहकारी संस्था लाग्नुपर्ने बताउनुभयो ।
उहाँले शेयरधनीलाई विश्वासमा लिएर ऋण प्रवाह गर्न सके संस्था अगाडि बढ्ने उल्लेख गर्नुभयो । “संस्थालाई अनुशासित र मर्यादित हिसावले अगाडि बढाउन सके आम नागरिकमा यस सहकारीप्रति भरोसा जाग्छ,”– उहाँले भन्नुभयो ।
वडाअध्यक्ष तिवारीले चाँडो लोभ गर्ने र आफूलाई ठूलावडा ठान्नेहरुले सहकारी डुबाउने गरेको भन्दै यो सरकारीले आम नागरिकमा भरोषा जगाउनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष लिलाप्रसाद ढकालले शेयरधनीको विश्वास जितेर सहकारी अगाडि बढाइएकाले आफ्नो सहकारीमा कुनै समस्या नरहेको बताउनुभयो । विस  २०६७ सालमा २५ जनाले शेयर हालेर उक्त सहकारी सञ्चालनमा ल्याएका थिए । उक्त सहकारीमा हाल झण्डै ४० जना संस्थापक शेययधनी र झण्डै ५०० जना शेयरधनी रहेका छन् ।
सहकारीको अध्यक्षमा सुदीपकुमार श्रेष्ठ चयन 
नयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारणसभा तथा चौँथो अधिवेशनबाट सुदीपकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको  छ ।
उक्त सहकारीको उपाध्यक्षमा देवराज नेपाल, सचिवमा जानुका ढकाल नेपाल, कोषाध्यक्षमा देवी कार्की चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा होम गिरी, हिमकुमार मल्ल र ओमनाथ भट्टराई चयन हुनुभएको छ । लेखा समितिको संयोजकमा दामोदर घिमिरे र सदस्यमा शिव श्रेष्ठ र मनिषा ढुंगाना नेपाल चयन हुनुभएको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)