बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २०, २०८२
  • 257
    SHARES

काठमाडौँ-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६० अङ्कले बढेर दुई हजार ६९४ दशमलव ६६ को विन्दुमा कायम भएको हो ।

आज ३१४ कम्पनीको दुई करोड २० लाख ३१ हजार ८८१ कित्ता शेयर ८३ हजार १६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

विकास बैङ्क शून्य दशमलव २९, वित्त शून्य दशमलव १८, होटल तथा पर्यटन दुई दशमलव ३९, लगानी दुई दशमलव २८, जीवन बीमा शून्य दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव ०१ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ५९, जलविद्युत् शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३८, लघुवित्त शून्य दशमलव १२, निर्जीवन बीमा शून्य दशमलव १६ र व्यापार शून्य दशमलव ३५ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र पिअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ४५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु ८७ करोड ४७ लाख ३८ हजार बराबरको २२ लाख दुई हजार ६७७ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)