बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आई. एम. ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीवर्गलाई इला होटल एन्ड रिर्सोटमा सहुलियत


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ २५, २०८२
  • 205
    SHARES

काठमाडौं –  आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोट अन्तर्गत रहेका होटलहरुका सेवामा १५% सहुलियत प्रदान गर्ने भएको छ ।

कम्पनी र इला होटल एन्ड रिर्सोट बिच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एप-IME LIFE Mobile app_ मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् ।

इला होटल एन्ड रिर्सोट अन्तर्गत मौलाकालिकामा स्थित इला होटल एन्ड रिर्सोट (Ila Hotel & resort), बाग्लुङ स्थित इला कम्फर्ट (Ila comfort) र लाजिम्पाट स्थित सेक एड फेन्ज रेस्टुरेन्ट (Sake and Feng restaurant), यसैगरी आईएमई हस्पिटालिटि एण्ड होटल अन्तर्गत पोखरा स्थित दी लेकसाइड रिट्रिट (The Lakeside Retreat Pokhara) र लाजिम्पाटमा रहेको होटल ले हिमालय (Hotel Le Himalaya) लगायतका होटल तथा हस्पिटालिटिहरु रहेका छन । उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एप-IME LIFE Mobile app_ मार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)