आइतवार, कार्तिक ९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘गौरी’ भित्रको विरहव्यथा र कवि माधव घिमिरे ( केही प्रतिभा केही प्रवृत्ति पुस्तकको धारावाहिक प्रकाशन )


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक १, २०८२
  • 1.2K
    SHARES

‘गौरी’ भित्रको विरहव्यथा र कवि माधव घिमिरे

यतिखेर प्रसिद्ध साहित्यकार खलिल जिब्रानको भनाइ याद आउँछ— ‘आँसुले मेरो हृदय सफा गर्छ’ ९त्भबचकएगचषथmथजभबचत०। अरूले जेजस्ता अर्थमा सोचून् ‘गौरी’ शोककाव्य कविको हृदय केही हल्का पार्ने आँसु हाम्रो भने सम्पत्ति । कसैको दुःख अरूका लागि उपदेयताको आधारशीला बन्न सक्छ, कसैको बलिदान अरूका लागि स्वर्णिम मञ्जिलको कारण बन्न सक्दछ । त्यस्तै कवि घिमिरेको अन्तरङ्गबाट उम्लिएको विरह–व्यथा भने हाम्रा लागि अति प्यारो, स्नेहस्निग्ध काव्य बनेको छ । अन्तरङ्गबाटै उम्लेको कलामा जीवनीले शाश्वतता र कथानकले सजीवता आर्जन गर्न पुग्दछ । गतिमयता र वास्तविकता समाउन पुग्दछ । त्यसैले ती हाम्रैजस्ता प्रतीत भइदिन्छन् ।

मानवहृदय दुःख–दुखेसाका वाक्यहरूमा सफल एवं सरस बनिदिन्छ । ‘गौरी’ एउटा विरह र प्रेमको अनुपम रचना । त्यसैले हामी यो पढिसक्दा कुन्नि किन हो दुईचार थोपा आँसु खसालिदिन्छौँ । ‘गौरी’ माधव घिमिरेको सर्वोत्कृष्ट कृति । त्यसैले यसको कलाकारिता प्रयोगमात्र पनि हामी विमुक्त भएर धारण गर्छौं, अझ नेपाली साहित्यकै विशिष्ट रचना । त्यसैले विकल्परहित गौरीलाई आँसु र प्रशंसा दिन्छौँ, सहानुभूति र महत्ता दिन्छौँ । त्यतिले मात्रै पुग्दैन, उसैको तत्परिवेशमा अनुवाद भएर उसको इच्छा के थियो कुन्नि ? पु¥याउन नपाउँदा हामी पनि भन्ने गछौँ —

मैले सोधिनँ, अन्त्य काल कुनमा धोको अडेको थियो

मैले रोइनँ, प्राण जान कतिको बाधा परेको थियो

हेरेँ टुल्टुलु, खालि, दीन मुखमा हेरिहेकी थियौ

हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ ।

‘गौरी’ कविकी प्राणप्यारी जीवनसङ्गीको जिउँदो चिनो । ‘गौरी’ मूलतः आँसुको उपज भएकाले दुःखवादी प्रयोग । यसको विषयवस्तु र कथानकता शोकावृत्तिको आवद्र्धमा मात्र प्रदक्षिणा गर्छ । त्यसैले यो विरह–व्यथाको आवद्र्धात्मक प्रयोग पनि । दुःखवाद भन्नाले उनको दुःखवादले कथानक परिपृष्ठ तयार पारेको छैन, ‘मुनामदन’ वा ‘अमरज्योति’को झैँ । यो त ‘उसैका लागि’ झैँ विरही मनले यादयादमा अलापेको जीवन रागको आधा भाग हो । पटक–पटक खस्ने आँसुदानाको काव्यात्मक स्वरूपमात्र हो । त्यसैले ‘गौरी’ सम्पूर्णतः समर्पणप्रतिको निःस्वार्थप्रति समर्पणमात्र हो ।

अन्तरको बोलाइलाई ढाँटिदिएर आदर्श उभिनु पनि भनिन्छ कलाकारिता । अन्तरङ्गलाई शाश्वतता दिने माध्यमको प्रभावकारी अन्वेषणलाई पनि भनिन्छ कलाकारिता । पहिलो कलाकारितामा एउटा चेतनशील्प रचनाको हत्या गरिएको हुन्छ । ऊ ढोङ हो । अन्तरत्वको आफैप्रतिको सन्देह र सङ्कुचन । दोस्रोमा फुल्ने कलाकारिता दुःखवादका प्रक्षेपभित्रको सिर्जनाशिल्प । त्यसैले यसमा अचेत, अद्र्धचेतले सञ्जीवनको धारणा खोज्दछ । विरहव्यथालाई उसकै आफू स्वमा पोखिदिन्छ । कवि घिमिरेको ‘गौरी’ दोस्रो कलाकारिता उल्लिखितहरूमा । त्यसैले यसमा उनका हृदयलाई हल्का शुद्धीकरण गरिएको छ, आँसु झर्दा आफ्नो निश्चित र स्थितता कसरी शिल्पबद्ध हुन्छ र ! हो त गौरी, त्यसै गरी प्राकृतिक प्रवाहमा झैँ मानवीय प्रकृतिको उद्बोधन गर्न पुग्दछ । ऊ एउटा मानवीय हृदयको यथार्थता, सहज साŒिवक भावनाहरूको सङ्गमस्थल । न रचिनुमा अप्राकृतिकताको लेसमात्र भेट्टाउन सकिन्छ, न स्वयम् सञ्जीवनत्वबाट पृथक् छ । जहाँजहाँ रहनुपथ्र्यो, त्यहाँत्यहाँ ती पङ्क्तिहरू तालमेल ठीक छन् ।

काव्यास्वादन आश्वादनोत्कर्षताका क्रमिक धाराहरू नटुटिकनै रहेका छन् तर पनि काव्य धिमा कथानकतामा छ । स्मरणको एउटा विरह, त्यहाँभित्रको आँसु प्रवाह र त्यहाँ धिमा आकृतिलाई मात्र ‘गौरी’ले समाएको छ । जीवनको इतिवृत्तात्मकता अरू शोककाव्यमा झैँ भेटिन्न । ‘मुनामदन’को दुःखात्मक अन्त्य र ‘गौरी’को विरह प्रवाहलाई तुलना गर्न सकिन्छ । ‘मुनामदन’का पछिल्ला दृश्यहरू (मुना मरिसकेपछिका कारणले) ‘मुनामदन’लाई पनि हामी शोककाव्य भन्न सक्छौँ कुन हदमा देवकोटाको दुःख प्रभावकारी छ वा घिमिरेको भन्न कठिन पर्ला ? तर पनि कथात्मक सोलोडोलो र पूरै जीवनीका कारणले ‘मुनामदन’को स्थायीभाव ‘गौरी’को भन्दा प्रबल रहन जान्छ । ‘गौरी’मा जीवनको सम्झना अवशेषलाई सजीवीकरण गरिएको छ ।

प्रवाभोत्पादकता चरम बिन्दुमा आर्जन हुने कुरा हो । ‘गौरी’को सङ्लोपन यस अर्थमा चरमप्रभावोत्परक छैन भन्न खोजिएको होइन । यतिचाहिँ भन्न खोजिएको हो कि ‘गौरी’का तुलनामा ‘मुनामदन’का पाठक–अध्येताको गूढ मनस्थितीय अनुवाद दृश्य सम्मिलनमा सान्निध्य रहन्छ । कवि घिमिरेको यो दुःखवादी प्रयोग, यसका कुनै असफल पक्षहरूलाई हामीले पर्गेलन गरेर उनको सम्झनावृत्तिलाई ताजा पार्ने वा मनस्थितिमा आघात पार्ने कुनै पनि कुरा गर्नुहुँदैनथ्यो किनकि मूल्यका लागि आँसुलाई उनले बजारमा राखेका होइनन् । हामी पाठक तैपनि आस्वादन गरिसकेपछि आँसुकै पनि प्रतिक्रिया जनाउँछौँ । यसले त मलाई रुवायो, कति सफल रचना रहेछ । त्यसैले कविको आग्रहलाई थोरै नकार्नु परेकोमा क्षमाप्रार्थी ।

विरह मनलाई शान्त पार्न कवि कविता झारिरहेका छन् । बिर्सी बिर्सन नसकिने एउटा सत्यकथालाई कविले आँसु समागमित वाक्यमा पोखिरहेका छन् । कहिले प्रकृतिसँग अलाप्छन्, कहिले सृष्टिप्रति दिग्दार हुन्छन्, ‘आफै ईश्वरले रचेर कसरी यो चित्र च्यातिदियो’ आफ्नै परमप्रियसीको असामयिक निधनमा एक विक्षिप्त आत्माको कुन हविगत हुन्छ । एक अर्कामा लिप्तिएका निःश्वासहरू, एक–अर्काका बनिसकेका विश्वासहरू असमयमै क्रूर सृष्टिले चुँड्दा बाँकी आत्मामा कति आंशिकता बोध हुन्छ । वात्सल्य ममता चुँडिएका निरीह शान्ति र कान्ति कतिकति प्रतीक्षामा बस्दा हुन् । कवि यसरी विरहलाई पोख्छन् —

त्यो शृङ्गार र त्यो सुसार अनि त्यो आधार सारा गए

आमा भन्नु गइन्, गयो हृदयको शोभा अँध्यारा भए

धुलामाथि बसेर काख उनकै ढुक्छन् यहाँ केवल

कुर्छन् त्यै ममता र प्यार कहिले मेटिन्न है तल्तल ।

असारका दिनमा गौरी अस्ताएकी थिइन् । त्यसैले ती दिनहरूमा कविलाई यादगारका प्रतिविम्बहरू आउँछन् रे ! परदेश गएकी प्रियतमालाई कवि इन्द्रेणीसँग सन्देश पठाउने मन गर्छन् र असारलाई भन्छन् —

रून्छन् झ्याउँकिरी रुलाई वनमा आषाढका यी दिन

छाया आज दगुर्छ यो कुन दिशा ओसारी मेरै मन

काला बादल झोलिएर गिरिमा बर्सिरहेछन् यहाँ

रोई, रोइ बगाई गाजल उनी होलिन् बसेकी कहाँ ?

शोक परम्परामा अति नै सफल ‘गौरी’ शोकको वृत्तात्मक प्रयोगमा रहन्छ । कवि प्रकृति, समाज र शान्ति–कान्ति हुँदै पुनः मन राख्ने स्थान नपाउँदै शोकउद्बोधनमा नै आइपुग्छन्, जसले गर्दा शोक प्रवाहोत्पादकता अभिवृद्धि भएको छ । नेपाली वाङ्मयको शोककाव्य परम्पराकै एउटा प्रवृत्ति प्रवाहलाई ‘गौरी’ले स्थापना गरेको छ । कवि श्रीहरि रूपाखेतीको ‘छोडी जानेको सम्झना’ उनकै प्रयोगप्रवाहमा प्रवृत्त सफल शोककाव्य हो । यसरी प्रयोग वृत्तिलाई अन्यत्रसम्म लागू गर्न सक्नु कविको कवित्वको महत्तम विशेषता हो भन्न सकिन्छ ।

काव्यगत मूल्यमा ‘गौरी’लाई नियाल्दा पनि यसको सहजता र सरलताको कारण वैशिष्ट्यमा रहेको छ भन्न सकिन्छ । कवितामा अन्तर ‘स्व’ले प्रविष्ट पाउनु मानवीय अन्तरत्वको उदात्तीकरण हो, भावात्मक केन्द्रीयता नै मानसत्व भएकाले उसको यथार्थ उदात्तकला साहित्यमा अकृत्रिमता हुनुपर्छ, ‘गौरी’मा भएको छ । उनका अन्तरङ्गमा व्यथा–विरह–भावुकता र निराशाको आवृत्ति छ– तिनले प्रस्तुतिमा स्वतः गेयात्मकता धारण गर्न पुगेकोले कताकता युनानी ‘कोरस’को प्रतीत गराउँछ । आत्मगत अनुभूति गेयात्मक हुँदा विरहले गीतात्मक मुक्ति पाउँछ भन्ने युनानी कोरस सिद्धान्तलाई ‘गौरी’मा हामी सजिलै भेट्न सक्छौँ । अतः ‘गौरी’ आत्मप्रकाशनको चरम हो । यसले संवेदनावाद, स्वतः समाएको छ । दुःखवाद र संवेद्यताभन्दा हार्दिकतालाई कविताले, कर्मले समाएको छ ।

सम्प्रेषण मूल्यमा ‘गौरी’ले रसनिष्पत्ति अधिकतर गर्दछ भने मनको एकाग्रता, सम्प्रेषण सरल, सहज भइदिएका छन् । काव्य एकै वृत्तात्मक परिवेश भनौँ उसको दुःखवादी केन्द्रीयतामा रहेको छ । विरह मनोशृङ्खलता अविरल रही नै रहन्छ । मानवता, प्रेम र जीवनका तीन कोणलाई एकै आधारबाट खिचेको चित्र शोककाव्य ‘गौरी’बाट सम्प्रेषित अनुभूतिहरू हाम्रा अनुभूतिसँग मेल खान पुग्छन् । अन्तमा, गौरीको विशिष्टताका लागि हाम्रो तर्फबाट उनको कवित्वलाई अर्कोपल्ट पनि बधाई ।

-युवराज मैनाली 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)