बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १२, २०८३
  • 147
    SHARES

काठमाडौं –  अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवेदन आह्वान गरेको छ।

मन्त्रालयले गठन गरेको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिले आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो।

सूचनाअनुसार इच्छुक तथा योग्य उम्मेदवारले आवेदन दिनका लागि १५ दिनको समय पाएका छन्। तोकिएको अवधिभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न समितिले आग्रह गरेको छ।

सीईओ पदका लागि आवश्यक योग्यता, अनुभव, आवेदन प्रक्रिया तथा अन्य विस्तृत विवरण गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ। इच्छुक उम्मेदवारले सूचनामा उल्लिखित मापदण्ड पूरा गरी तोकिएको समयभित्र आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)