शुक्रबार, भदौ ५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ४, २०८३
  • 61
    SHARES

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ।

बैठकमा बागमती प्रदेश सरकार निर्माणका क्रममा पछिल्लो समय भएका घटनाक्रमबारे गम्भीर समीक्षा भइरहेको छ। प्रदेश सरकार गठनका क्रममा पार्टीको भूमिका, भएका राजनीतिक गतिविधि तथा त्यसबाट उत्पन्न परिस्थितिबारे बैठकमा छलफल भइरहेको बताइएको छ।

बैठकले बागमती प्रदेशमा सरकार निर्माणका क्रममा देखिएको राजनीतिक अवस्थाबारे पार्टीको आगामी रणनीति र धारणा तय गर्ने अपेक्षा गरिएको छ। साथै समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने राप्रपाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)