आइतवार, साउन ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय प्रधानसेनापति धिरज सेठ आज काठमाडौं आउँदै

सोमबार नेपालको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने


  • माउन्टेन खबर
  • आइतवार, साउन ३१, २०८३
  • 42
    SHARES

काठमाडौं –  भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आज काठमाडौं आउँदैछन् । उनी आज अपराह्न चार बजेतिर काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

सोमबार नेपालको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

२०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको पद सम्हालेका सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आउन लागेका हुन् ।

उनको काठमाडौं बसाइँको कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र नेपाली सेनाले भने औपचारिक जानकारी दिइसकेका छैनन् ।

यद्यपि उनले सैनिक मञ्च टुँडिखेलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने, प्रधानसेनापति अशोकराज सिग्देलसँग आपसी सहयोगका विषयमा दुईपक्षीय छलफल गर्ने कार्यक्रम छ ।

साथै राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजना हुने विशेष समारोहमा भारतीय प्रधानसेनापति सेठलाई नेपालको मानार्थ महारथीको दर्जा प्रदान गर्ने मुख्य कार्यक्रम छ ।

सात दशक अघिदेखि चल्दै आएको मानार्थ महारथीको दर्जा दिने परम्परा

भारतीय प्रधानसेनापतिलाई नेपालको र नेपाली प्रधानसेनापतिलाई भारतको मानार्थ महारथीको दर्जा दिने परम्परा करिब सात दशक अघिदेखि चल्दै आएको छ । सैनिक मुख्यालय जंगीअड्डाका अनुसार यस्तो परम्परा सन् १९५० देखि चल्दै आएको हो ।

नेपाली सेनाका बहालवाला प्रधानसेनापति अशोकराज सिग्देलले समेत भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन् ।

२७ मंसिर २०८१ मा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)