शुक्रबार, भदौ ५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ४, २०८३
  • 79
    SHARES

काठमाडौँ –  मिडिया स्पेस सोलुसन प्रा.ली., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.ली. तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट् प्रा.ली. को संयुक्त आयोजनामा नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेकट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी  आगामी २०८३ साल भदौ १९ देखि २१ गतेसम्म काठमाडौँ स्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ ।

 

 

 

नेपालको बिद्युत्, ऊर्जा, उपभोक्ता इलेकट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यावसायिक मञ्चसँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरूको स्टल रहनेछन्। प्रदर्शनीले उद्योग, व्यापार तथा प्रविधिबिच सहकार्य अभिवृद्धि गर्दै यस क्षेत्रको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

 

नेपालमा बढ्दो जलविद्युत उत्पादनको प्रभावकारी उपयोग, ऊर्जा दक्षताको प्रवर्द्धन तथा विद्युतीय पूर्वाधारको विकासलाई थप  व्यवस्थित बनाउन प्रदर्शनीले विशेष भूमिका खेल्ने विश्वास आयोजकको रहेको छ । साथै ऊर्जा तथा विद्युतीय व्यवसायसँग सम्बन्धित नवीनतम प्रविधि, उत्पादन तथा सेवाहरूको प्रदर्शनमार्फत उद्योगी, व्यवसायी, उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकबिच नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

 

प्रदर्शनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उद्योगी, व्यवसायी, उद्यमी, उत्पादक, वितरक तथा सम्बन्धित सरोकारवालाहरूलाई एउटै व्यावसायिक प्लेटफर्ममा ल्याई ज्ञान, अनुभव र प्रविधिको आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ। यसबाट बिद्युत् तथा विद्युतीय सामग्रीसम्बन्धी उद्योगको प्रवर्द्धन, व्यापार विस्तार तथा दीर्घकालीन व्यावसायिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।उद्योगमैत्री वातावरण निर्माण, नवप्रवर्तनको प्रवर्द्धन तथा निजी क्षेत्र बिच सहकार्य विस्तारमा समेत प्रदर्शनी महत्त्वपूर्ण बन्ने विश्वास लिइएको छ ।

 

प्रदर्शनीमा नेपाली उत्पादनसँगै बहुराष्ट्रिय कम्पनीहरूद्वारा उत्पादित ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, हाउस वायरिङ सामग्री, वायर तथा केबल, कन्डक्टर, अत्याधुनिक स्वीच, एलईडी लाइटिङ, इलेकट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, सञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा प्रणाली लगायत विद्युत् तथा इलेकट्रोनिक्स क्षेत्रसँग सम्बन्धित विविध उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गरिनेछन्।नि–शुल्क प्रवेश रहने यस प्रदर्शनीमा देश भित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी, आर्किटेक्चर, इलेकट्रिकल इन्जिनियर, इन्टेरियर डेकोरेटर, प्राविधिककर्मी, नेपाल भरका विद्युतीय व्यवसायीहरू, मिडियाकर्मी, विद्यार्थी एवं आम सर्व साधारण गरी ३०,००० भन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)