शुक्रबार, भदौ ५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ५, २०८३
  • 56
    SHARES

काठमाडौं –  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा काठमाडौंमा माइतीघरमा प्रदर्शन भएको छ ।

अधिकारकर्मी र आफन्तहरुले ‘गरिमा चौधरीलाई न्याय दे, ११८ महिला प्रतिनिधिहरू मुर्दावाद, महिला बालबालिका आयोग कहाँ छ ?, बलात्कारीलाई फाँसी दे,’ लगायतका प्लेकार्ड बोकेर माइतीघरमा प्रदर्शन गरिएको छ ।

गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले जीतपुरसिमरा–२ घर भएका १६ वर्षीय सुमन थापा र प्रोगेस चौधरीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गरिमा साउन ३१ गते बिहान करिब ८:३० बजे घरबाट हराएकी थिइन्।

भदौ २ गते मंगलबार साँझ करिब ५:४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र नाम, थर र वतन नखुलेको अवस्थामा बालिका मृत फेला परेको थियो । अनुसन्धानबाट मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)