बुधबार, भदौ १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण


  • माउन्टेन खबर
  • बुधबार, भदौ १७, २०८३
  • 43
    SHARES

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली नागरिकका लागि कतार सरकारले अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ ।

 

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति पु¥याएको छ । विपत्तिमा परी हालसम्म १ हजार १ सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ भने हजारौँ मानिस अझै बेपत्ता छन् ।

 

बाढीका कारण हजारौँ परिवार घरबारविहीन भएका छन् । नेपालमा परेको यस दुःखद् घडीप्रति अन्तर्राष्ट्रिय समुदायले ऐक्यवद्धता जनाउने क्रममा कतार सरकारले सान्त्वनास्वरूप राहत सामग्री पठाएको हो ।

सामग्रीमा बाढीग्रस्त क्षेत्रका नागरिकका लागि आवश्यक पर्ने राहतजन्य वस्तुहरू रहेका छन् ।

नेपालका लागि कतारी राजदूत मिशाल मोहम्मद अल अन्सारीले सो राहत सामग्री नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभएको छ । कतार सरकारले नेपालमा परेको यस विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै मानवीय सहायता उपलब्ध गराएको हो । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)