बुधबार, कार्तिक ५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तलेजु मन्दीरमा भक्तजनको भीड


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ४, २०८३
  • 42
    SHARES
काठमाडौं। बडादशैंको महानवमीका अवसरमा काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिर सर्वसाधारण भक्तजनका लागि खुला गरिएको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको उक्त मन्दिर आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म खुला रहनेछ।

दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने परम्परा रहेको तलेजु भवानी मन्दिरमा पूजा, आराधना तथा दर्शन गर्न बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ।

 

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र खुल्ने यस मन्दिरमा दर्शनका लागि हजारौँ भक्तजन पुग्ने गर्छन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार तुलजा भवानीलाई गत असोज ३१ गते शनिबार बिहान ७ बजेर ३७ मिनेटमा हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो। सोही दिन बिहान १० बजेर ३९ मिनेटको साइतमा तुलजा भवानीलाई स्थिरासन गराइएको थियो।

 

 

मूलचोकमा विराजमान तुलजा भवानीको आराधनाअन्तर्गत महाअष्टमीको राति कालरात्रि पूजा गरिन्छ। कालरात्रि पूजाका अवसरमा ५४ बोका र ५४ राँगाको बलिसहित विशेष पूजा तथा आराधना गरिने दरबार हेरचाह अड्डाले जनाएको छ।

 

विजयादशमीसम्म तुलजा भवानीलाई मूलचोकमै राखेर पूजा तथा आराधना गर्ने परम्परा छ। कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान १० बजेर ५१ मिनेटमा तुलजा भवानीको यात्रा गराइनेछ। त्यसपछि बिहान ११ बजेर ५२ मिनेटको साइतमा देवीलाई मूल मन्दिरमा स्थिरासन गराइने कार्यक्रम रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)