सोमवार, कार्तिक २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक २३, २०८३
  • 44
    SHARES

काठमाडौँ। नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ ।

हङकङसँगको आजको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो ।

छ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित हासिल ग¥यो । बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए ।

नेपालले सिरिजको पहिलो खेलमै थाइल्याण्डलाई सात विकेटले हराउँदै सुखद सुरुआत गरेको थियो । त्यसपछि चीनसँगको दोस्रो खेल वर्षाले प्रभावित भएपछि नतिजाविहीन बनेको थियो । तेस्रो खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले चौथो खेलमा पुनः थाइल्याण्डमाथि ५२ रनको जित निकालेको थियो ।

पाँचौँ खेलमा आयोजक चीनलाई ८४ रनले हराउँदै उपाधि यात्रालाई थप बलियो बनाएको नेपालले अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको थियो ।

उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा दुई विकेटको क्षतिमा ८८ रन बनाएको थियो । त्यसपछि मौसम प्रतिकूल बनेपछि खेल पुनः सञ्चालन हुन सकेन ।

प्रतियोगितामा नेपाल, आयोजक चीन, हङकङ र थाइल्याण्ड गरी चार टोली सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)