आइतवार, मंसिर ७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इरान युद्ध रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत


  • माउन्टेन खबर
  • शनिबार, मंसिर ६, २०८३
  • 59
    SHARES

काठमाडौँ – अमेरिकी सिनेटले इरानमाथि थप सैन्य आक्रमण गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रोक लगाउने उद्देश्यसहित ल्याइएको युद्ध अधिकारसम्बन्धी प्रश्ताव अस्वीकृत गरेको छ । रिपब्लिकनको नियन्त्रणमा रहेको सिनेटमा बिहीवार भएको मतदानमा प्रश्तावको पक्षमा ४८ र विपक्षमा ५१ मत परेको थियो । तीन जना रिपब्लिकन सिनेटर सुसान कोलिन्स, लिसा मुर्कोस्की र ¥यान्ड पलले डेमोक्र्याटिक सांसदहरूसँगै प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

यस्तै पेन्सिलभेनियाका डेमोक्र्याटिक सिनेटर जोन फेटरम्यानले भने प्रस्तावको विपक्षमा मत दिएका थिए । यसअघि गत सेप्टेम्बरमा अमेरिकी प्रतिनिधिसभाले उक्त प्रस्ताव पारित गरेको थियो । तर सिनेटबाट अस्वीकृत भएपछि राष्ट्रपति ट्रम्पलाई इरानमाथि थप सैन्य कारबाही गर्ने निर्णयमा रोक लगाउने प्रयास सफल हुन सकेन । गत नोभेम्बर ३ मा भएको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय व्यहोरेको करिव दुई सातापछि सिनेटमा उक्त मतदान भएको हो ।

इरान युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्नु रिपब्लिकनको चुनावी पराजयको एउटा कारण रहेको विश्लेषण गरिएको छ ।

‘द न्युयोर्क टाइम्स’का अनुसार युद्धप्रति अमेरिकी जनताको असन्तुष्टिका कारण चुनावमा क्षति पुगेको स्वीकार गर्ने रिपब्लिकन नेताहरू भएपनि मतदाताको सन्देशले पार्टीको इरानसम्बन्धी अडानमा परिवर्तन ल्याउन सकेको छैन ।

फेब्रुअरी २८ मा इरानसँग द्वन्द्व शुरु भएयता अमेरिकी संसद्मा युद्ध अधिकारसम्बन्धी प्रस्तावमाथि २१ पटक मतदान भइसकेको छ । जसमध्ये प्रतिनिधि सभामा ६ र सिनेटमा १५ पटक मतदान भएको न्युयोर्क टाइम्सले जनाएको छ । यसअघि जुन २३ मा अमेरिकी सिनेटले इरानमा थप सैन्य कारबाही गर्नुअघि कंग्रेसको स्वीकृति लिनुपर्ने व्यवस्था गर्ने उद्देश्यसहितको प्रश्ताव पारित गरेको थियो ।

द्वन्द्व शुरु भएयता यस्तो प्रस्ताव दुवै सदनबाट पारित भएको त्यो पहिलो अवसर थियो । यद्यपि अमेरिकी सञ्चारमाध्यमहरूले उक्त प्रस्तावलाई मुख्यतः प्रतीकात्मक कदमका रूपमा व्याख्या गरेका थिए । मध्यावधि निर्वाचनपछि सिनेटमा डेमोक्र्याटिक दलका नेता चक सुमरले इरानसँगको युद्ध अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले यसका लागि केही रिपब्लिकन सिनेटरहरूको समेत समर्थन प्राप्त हुने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)