शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सिन्धुपाल्चोक मा तीन वटा सांस्कृतिक सम्पदा पुन र्निर्माण गर्न भारतले २३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 699
    SHARES

काठमाडौं ,१७ चैत्र
भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेका सांस्कृतिक सम्पदा परियोजनाको पुनस्र्थापना र पुनर्निर्माण कार्यकालागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा ठेकेदारहरुबीच आज तीन वटा ठेक्का सम्झौतामा हस्ताक्षर सम्पन्नभयो।

सो सम्झौता अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा अवस्थित चिरी घ्याङ्गगुम्बा, तार्के घ्याङ्गगुम्बा र मेलाम्ची घ्याङ्गगुम्बाको निर्माण हुन लागेको हो।उक्त कार्यक्रममा भूतपूर्व अर्थराज्य मन्त्री डा.लार्केललामा, प्रदेशसभाका सदस्य निमालामा, भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका दोस्रो सचिव, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सांस्कृतिक परियोजनाका परियोजना निर्देशक, सम्बन्धित गुम्बाकाअध्यक्ष, भारत सरकारको परियोजना परामर्शदाता क्ष्ल्त्ब्ऋज्त तथा सरोकारवालाहरुको उपस्थिति थियो।

भूकम्पले क्षति पु¥याएका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण र पुनस्र्थापना गर्नकालागि भारत सरकार र नेपाल सरकार बीच सहमति कायम भएको थियो।

यी तीन परियोजनाहरु पनि सोही २८ वटा सांस्कृतिक सम्पदा अन्तर्गत पर्दछन्।नेपालका आठ जिल्लामा भूकम्पले क्षति पु¥याएका सांस्कृतिक सम्पदा परियोजनाको संरक्षण, पुनस्र्थापना र पुनर्निर्माणका लागि भारतसरकारले ५०मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाइ सकेकोछ।

सोही प्रतिबद्घता अनुरुप यी परियोजनाहरुलाई अघिबढाइएको हो।सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने शेर्पा र तमाङ्ग समुदाय विशेष गरी ह्योल्मो जातिकालागि यी तीनै गुम्बाले सिकाई केन्द्रको रुपमा काम गर्नुका साथै सिन्धुपाल्चोक क्षेत्रको पर्यटनलाई प्रर्वद्घन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }