आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अक्सिजन आपूर्ति सहज गरि जनताको जीवन रक्षा गर्न जनार्दनको माग


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २९, २०७८
  • 457
    SHARES

२९ बैशाख, काठमाडौं । माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले राज्यका सवै स्रोत साधन प्रयोग गरी अक्सिजन आपूर्ति सहज गर्न र जनताको जीवन रक्षा गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

प्रभाकरले काठमाडौंमा मात्र दैनिक ८–१० हजार सिलिन्डर उत्पादन हुने भनिएपनि उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ ? भन्दै प्रश्न समेत गर्नुभएको छ।

‘काठमाडौंमा समेत अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन् । काठमाडौंमा मात्र दैनिक ८–१० हजार सिलिन्डर उत्पादन हुने भनिएको छ । उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ ? क्षमता वृद्धि गर्न नसकेपनि उक्त अक्सिजनको खपत बारे जनतालाई जानकारी गराइयोस्’, शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘राज्यसँग भएको सम्पूर्ण स्रोतसाधन ४ वटा जहाजहरू समेत प्रयोग गरि सम्भव भएका विदेशी नियोग समेतको सहायता लिइ अक्सिजन आपूर्ति सहज गरि जनताको जीवन रक्षा गरियोस् ।’

उहाँले आफू पनि जनताको जीवन रक्षा गर्न आफ्नो ठाउँबाट सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको पनि जनाउनुभएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }