मङ्लबार, बैशाख २५, २०८१

कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था सहित राष्ट्र बैंकको ४२ बुँदे मार्गदर्शन


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ७, २०७७
  • 538
    SHARES

बैक सञ्चालन गर्दा कर्मचारी सेवाग्राही तथा सरोकारवालाहरुको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्न राष्ट्र बैंकले  मार्गदर्शन जारी गरेको हो। लकडाउनको समयमा बैंकको सेवालाइ निरन्तरता दिन ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन, २०७७’ जारी गरेको हो ।

  • मार्गनशनमा बढीमा एक तिहाई कर्मचारीबाट सेवा सञ्चालन गर्नपर्ने तथा कर्मचारी विचमा न्युनतम भौतिक दूरी कायम गरी काम गर्नुपर्ने व्यवस्था छ।
  • सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने बैंकिङ तथा मुद्रा व्यवस्थापन सम्बन्धि कार्य गर्दा न्युनतम भौतिक दुरी कायम गरी अनिवार्य रुपमा ग्लोभ्स र मास्क लागाउनुपर्ने ।
  • संक्रमण फैलिएका जिल्लाबाट आएका कर्मचारीलाई कम्तीमा १४ दिन होम क्वारेन्टाइनमा बस्न लगाउने ।
  • बैंक तथा वित्तीय संस्थाबाट नगद दाखिला बुझिलिदा सुरुमा शिलबन्दि बाक्सा नै बुझिलिने र केहि दिनपछि मात्र गणना गरी बुझिलिने व्यवस्था गर्नुपर्ने ।
  • नोटबाट संक्रमण फैलन नदिन प्राप्त हुने नोट गणना गर्नुअघि डिसइन्फेक्सन गराउन अनिवार्य स्प्रे गराउने व्यवस्था गरेको छ।
  • सेवाग्राहीहरुमा दुरी कायम गर्न रेखाङ्कन तथा क्यु रडको व्यवस्थापन गर्ने ।
  • बैंक प्रवेश गर्दा  इन्फ्रारेड थर्मोमिटरबाट शरिरको तपक्रम मापन गर्न लगाउने ।
  • बैंकको प्रवेशद्वारमा खटिने सुरक्षा समुहका कर्मचारीलाई सकेसम्म पिपिई (पर्सनल प्रोटेक्सन इक्वीप्मेन्ट ) उपलब्ध गराउने, त्यो सम्भव नभएर एन ९५ मास्क, ग्लोभ्स अनिवार्य उपलब्ध गराउने ।
  •  सम्भव भएसम्मका कामहरु घरबाटै गर्ने व्यवस्था मिलाउनुपर्ने केन्द्रिय बैंकले जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }