सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

८४ प्रतिशतले बढ्यो नेपाल बंगलादेश बैंकको नाफा


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०७८
  • 322
    SHARES

काठमाडौं ,२४ साउन

गत आर्थिक वर्षमा नेपाल बंगलादेश बैंकको खुदनाफा ८४.१६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष ०७७/०७८ मा बैंकले २ अर्ब २९ करोड २५ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

अघिल्लो वर्षमा बैंकले १ अर्ब २४ करोड ४८ लाख रुपैयाँ खुदनाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष बैंकको खुदनाफा १ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । सो नाफाबाट बैंकले सेयरधनीहरुलाई १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्नेछ ।

बैंकको निष्क्रिय कर्जा घटेपछि नाफा बढेको हो । निष्क्रिय कर्जा घटेर १.५५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो कर्जा २.८९ प्रतिशत थियो । निष्क्रिय कर्जा असूली (इम्पेयरमेन्ट चार्ज रिभर्स) गरेपछि नाफामा भारी बढोत्तरी आएको हो ।

अघिल्लो वर्ष ८० करोड १५ लाख ३५ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज असार मसान्तसम्ममा २७ करोड १५ लाख ७ हजार रुपैयाँ रिभर्स भएको छ ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने गैर सञ्चालन आम्दानी बढेको छ । गैर सञ्चालन आम्दानी बढेकाले पनि यसको खुद नाफा बढ्न सहयोग पुगेको हो ।बैंकको प्रतिसेयर आम्दानी बढेर २५ रुपैयाँ ४६ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ६५ पैसा पुगेको छ ।

बैंकको ब्याज आम्दानी घटे पनि नाफा भनेको बढेको छ । गत वर्ष बैंकले २ अर्ब ६३ करोड १२ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षमा २ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको थियो ।

बैंकको सीसीडी रेसियो ६७.३७, निक्षेप लागत ५.४९, आधारदर ७.४१ र स्प्रेडदर ३.५५ प्रतिशत छ । बैंकले ८७ अर्ब १२ करोड निक्षेप परिचालन गरी ६८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सञ्चित कोषमा ४ अर्ब ७६ करोड रुपैयाँ जम्मा भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }