काठमाडौं ,२८ साउन
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको हाे। बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत हुनेछ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी हुने जानकारी दिए।
१६ भदाैदेखि हुने भनिएकाे महाधिवेशन अनिश्चित भएकाे अवस्थामा बैठक बस्न लाग्को हो।
साेमबार र मंगलबार काठमाडौंकाे ठमेलमा बसेकाे पाैडेलपक्षीय जिल्ला सभापतिहरूको बैठकले भए महाधिवेशन नभए विशेष महाधिवेशन गर्नु पर्नेमा जाेड दिएकाे थियाे।
२३ भदौभित्र महाधिवेशन नभएको अवस्थामा कांग्रेसले वैधानिकता गुमाउने चर्चा छ।
महाधिवेशन अगाडिको मुख्य कार्यभार भनिएको क्रियाशील सदस्यता विवाद टुंगिएको छैन।