मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

‘नेकपा (एस) कृत्रिम गर्भधानबाट जन्मेको बच्चा जस्तो :खगराज अधिकारी


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १४, २०७८
  • 485
    SHARES

काठमाडौं ,१४ असोज

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सांसद तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको बच्चा जस्तो भएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधिसभाको बैठकपछि सञ्चरकर्मीसँगको संक्षिप्त कुराकानीमा सांसद अधिकारीले नेकपा एस अवैधानिक पार्टी भएको बताउँदै नेकपा ९एकीकृत समाजवादी० पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको बच्चा जस्तो भएको बताउनुभएको हो । उहाँले नेकपा एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहने बताउनुभयो । उहाँले नेकपा एमालेले गरेको संसदको अवरोध खुलाउन खोजिएको हो भने प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका संसदीय दलका नेतासँग बसेर छलफल गर्नुपर्ने बताउनुभयो ।

सांसद अधिकारीले कानून र संविधान मिचेर सरकारमा सहभागी गराइएको अवैधानिक पार्टी सहभागी भएको बैठकमा सहभागी बनेर नेकपा एमाले कुनै पनि नराम्रो कार्यमा संलग्न नहुने बताउनुभयो ।

सांसद अधिकारीले भन्नुभयो, ‘तपाईहरुले साच्चिकै अवरोध खुलाउन खोज्नुभएको हो भने सभामुखले प्रमुख प्रतिपक्ष दलको नेतासँग व्यक्तिगत रुपमै भेट्नुहोस्, ज्ञानेन्द्रबहादुर कार्कीलाई सिधै तपाईको प्रधानमन्त्रीलाई संसदीय दलको नेतासँग भेट्नुहोस् किन निहुँ खोज्नुहुन्छ भनेका थियौँ, नेकपा एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहन्छ, संविधान, कानून मिचेर बनाइएको र सरकारमा समावेश भएको दललाई मान्यता दिइएको बैठकमा हामी जाँदैनौँ,एस पार्टी वैधानिक पार्टी होइन, नेकपा एस पार्टी नराखि हामी बस्न सक्छौँ, त्यो पार्टी नै हो कि होइन, कृत्रिम गर्भधानबाट जन्मेको बच्चा जस्तो,त्यो पार्टी नै होइन ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }