शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सहसचिव गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने सरकारको निर्णय


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १४, २०७८
  • 317
    SHARES

१४ असोज, काठमाडौं

सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्को बैठकपछि कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्यूटिओको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्विकृत दिने निर्णय समेत गरेको बताउनुभयो । उहाँले सरकारले इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्विकृत दिने निर्णय गरेको समेत बताउनुभयो ।

कानून मन्त्री कार्कीले भन्नुभयो, ‘आजको मन्त्रीपरिषद्ले जेनेभामा आयोजना हुने डब्ल्यूटिओको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन स्विकृत दिने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई,इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्विकृत दिने,सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने, विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय गरेको छ ।’

 

सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }