सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

केही दिन भित्रै ने वि संघको महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिन्छ : महामन्त्री थापा


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १८, २०७८
  • 392
    SHARES

काठमाडौं, १८ माघ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिन भित्रै नेपाल विद्यार्थी संघको महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताउनु भएको छ ।

महामन्त्री थापाले यही हप्ताको शुक्रबार पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिने बताउनु भएको हो । उहाँले महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न पनि नेविसंघका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । मंगलबार नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तासँग पार्टी कार्यालय सानेपामा भएको भेटमा महामन्त्री थापाले नेविसंघ भित्र देखिएको समस्या समाधान गर्ने काम सोही संगठनको भएको उल्लेख गर्दै पार्टीको तर्फबाट भने त्यसका लागि आवश्यक निर्णय गर्न ढिलाई नहुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘केही दिन भित्रै हामी निर्णय गर्छौं । र, त्यो निर्णयलाई सबै साथीभाईले त्यसलाई साथ दिएर नेपाल विद्यार्थी संघलाई अधिवेशनमा लिएर जाने वातावरण बनाई दिनुहोस्, यतिनै आग्रह गर्दछु । केन्द्रिय कार्य सम्पादन समितिमा भातृ संस्था, शुभेच्छुक संस्थाहरु, यसमा एउटा एजेन्डा हुन्छ । त्यसको आधारमा निर्णय पनि हुन्छ । माघको १५÷१६ मै निर्णय होस् भन्ने चाहन्थ्यौं । कोभिडका कारण बैठक बस्न सकेन । अव कार्य सम्पादन बस्छ । सम्भवतः यही शुक्रबार बस्छ होला । त्यसबारे निर्णय हुन्छ ।’

महामन्त्री थापाले विगतमा पार्टीले निर्णय गर्दा पनि नेविसंघ भित्रकै समानान्तर गतिविधिका कारण यसको महाधिवेशन हुन नसकेको पनि स्मरण गराउनु भयो । त्यसक्रममा नेविसंघका नेताहरुले महाधिवेशन छिटो सम्पन्न गराएर क्याम्पसहरुको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने काममा सहयोग गरिदिन आग्रह गर्दै महामन्त्री थापालाई अनुरोध पत्र बुझाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }