शुक्रबार, बैशाख २१, २०८१

रसुवागढी र सान्जेन तथा माथिल्लो सान्जेन जलबिद्युत आयोजनाद्धारा जिल्लाबासीलाई सेयर निष्कासन


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ६, २०७६
  • 617
    SHARES

रसुवा, ६ फागुन

रसुवामा निर्माणाधिन रसुवागढी र माथिल्लो सान्जेन तथा सान्जेन जलबिद्युत आयोजनाले जिल्लाबासीलाई सेयर निष्कासन गर्ने भएको छ । बुधबार सदरमुकाम धुन्चे सर्वपक्षिय सरोकारवालाहरुको बैठक बसि जनताको जलबिद्युत कार्यक्रममा समाबेश भएको रसुवागढी र माथिल्लो सान्जेन तथा सान्जेन जलबिद्युत आयोजनाद्धारा जिल्लाबासीलाई सेयर निष्कासन गरिने निर्णय गरेको हो ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका १ र २ मा निर्माणाधिन १११ मेगावाटको रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय जिल्ला बासीलाई ६८ लाख ४१ हजार एक सय कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

त्यसैगरि जिल्लाको आमाछोदिङ्मो गाउँपालिका ५ मा निर्माणाधिन ४२.५ र १४.८ मेगावाटको माथिल्लो सान्जेन तथा सान्जेन जलबिद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय जिल्ला बासीलाई ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन तथा बिक्रि वितरण गर्ने भएको छ ।

रसुवागढी जलबिद्युत आयोजनाबाट निष्कासन तथा बिक्रि वितरण हुने सेयरमा आयोजना निर्माणबाट गोसाइँकुण्ड गाउँपालिका १ थुमन र वडा नम्बर २ टिमुरेका स्थानियलाई अतिप्रभावित वर्गमा राखिने निर्णय भएको छ ।

त्यसैगरि आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका साथै गोसाइँकुण्ड गाउँपालिकाको ३, ४, ५ र ६ लाई प्रभावित वर्गमा राखि बाँकि सम्पूर्ण जिल्लाबासीहरुलाई प्रभावित वर्गमा राखिने भएको छ ।
त्यस्तै सान्जेन जलविद्युत आयोजनाबाट निष्कासन तथा बिक्रि वितरण हुने सेयरमा आयोजना निर्माणबाट अति प्रभावित भएका आमाछोदिङ्मो गाउँपालिका ५ चिलिमेलाई अति प्रभावित बर्गमा राखिने भएको छ ।

त्यसैगरी आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका ४ गोल्जुङलाई प्रभावितमा र आमाछोदिङमो गाउँपालिकाका बाँकी वडाहरुलाई सामान्य प्रभावितमा राखिने भएको छ । त्यसैगरि सम्पूर्ण जिल्लाबासीलाई न्यून प्रभावित वर्गमा राख्ने निर्णय भएको छ ।

रसुवागढी जलबिद्युत आयोजनाको सेयर बाडफाड गर्दा अति प्रभावित, प्रभावित र सामान्य प्रभावित वर्गमा पर्ने बासीन्दाहरुका लागि सेयर बाँडफाँड गर्दा सो को अनुपातमा क्रमश ४.५ः१.५ः१ र सान्जेन जलबिद्युत आयोजनाको सेयर बाँडफाँड गर्दा अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित वर्गमा पर्ने बासीन्दाहरुका लागि सेयर बाँडफाँड गर्दा सो को अनुपातमा क्रमश ४.२५ः३ः१.५ः१ को व्यवस्था मिलाउन कम्पनीलाई अनुरोध गरिने भएको छ ।

रसुवागढी हाइड्रोपावर कम्पनी लि. ले निष्कासन तथा बिक्रि विरण गर्ने सेयरमा २०६८ साउन १७ र सान्जेन जलबिद्युत कम्पनी लिमिटेडले निष्कासन तथा बिक्रि विरण गर्ने सेयरमा २०६६ माघ १८ गते पछि सेयर निष्कासनका लागि विवरणपत्र स्वीकृत मितिसम्ममा अन्यन्त्र जिल्लाबाट रसुवामा बसाईसराई गरी आएकाको हकमा जिल्लाको नागरिकताको प्रमाणपत्र, बसाइसराईपत्र, घर टहरो बनाई स्थायी रुपमा बसोबास गरिरहेको, धारा बिजुली जोडिएको, उमेर पुगेकाहरुको हकमा मतदाता नामावलीमा नाम दर्ता भएको एकिन गरी सम्बन्धित वडा कार्यालयले प्रदान गर्ने सिफारिस पत्र पेश गरेमा आवेदन दिन सकिने भएको छ ।

कम्पनीहरुले सेयर निष्काशन तथा विक्रि वितरण गर्ने सेयरमा आवेदन दिने जिल्लाबासीहरुका लागि वित्तीय सहजताका लागि जिल्ला तथा जिल्लाका स्थानिय तहमा कार्यरत बैक तथा वित्तीय संस्थाहरुलाई ऐन नियमको परिधिभित्र रहि आवश्यक ऋण प्रवाह गर्न अनुरोध गरिने भएको छ । आवश्यक समन्वयका लागि सेयर निष्कासन कम्पनीलाई अनुरोध गरिने भएको छ ।

रसुवा जिल्लाबासीहरुले यस अघि नै चिलिमेको सेयर खरिद गरिसकेको हुँदा डि म्याट खाता खोलिसकेका छन् । अहिले जिल्लाका सबै स्थानिय तहमा बैक तथा वित्तीय संस्था पुगिसकेका छन् ।

कम्पनीको सेयरमा आवेदन दिदा जिल्लाबासीले अधिकतम ७ सय कित्ता र न्युनतम १० कित्ता सेयरका लागि आवेदन दिन पाउने भएका छन् । त्यस्तै कम्पनीले जिल्लाबासीका लागि निष्काशन तथा विक्रि वितरण गर्ने सेयरबारे सबै स्थानिय तह तथा मुख्य मुख्य वस्तिहरुमा सचेतना तथा जानकारी मुलक कार्यक्रम गर्न सेयर निष्काशन हुने कम्पनीलाई अनुरोध गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }