शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

टुल्की’ बाट बेनिशाले हात झिकेपछि अभिनेत्री खोजिँदै


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १९, २०७६
  • 1.5K
    SHARES

गत वर्ष अभिनेत्री बेनिशा हमाल बहुपति प्रथामा बन्न लागेको फिल्म ‘टुल्की’ मा अनुबन्ध भएकी थिइन् । तर, साइन गरेको लामो समयसम्म पनि छायांकन सुरु नभएपछि उनले फिल्मबाट हात झिकेकी छन् । निर्देशक लक्ष्मण सुनारले काम व्यस्तताका कारण बेनिशाले फिल्म गर्न नसकेको जानकारी दिए । अब, उनको ठाउँमा निर्माण टिमले अडिसनमार्फत् अभिनेत्री खोज्ने भएको छ ।

अभिनेत्री बेनिशाले फिल्म नगर्ने भएपछि निर्माण टिमले एक अभिनेत्री र दुई अभिनेताका लागि ‘कास्टिङ कल’ आह्वान गरेको छ । चैत्रको दोस्रो साताबाट छायांकन सुरु हुन लागेको फिल्ममा काम गर्न इच्छुकले एक मिनेट लामो भिडियो बनाएर निर्माण टिमलाई पठाउनु पर्नेछ । इच्छुकले पठाएको भिडियोहरुबाट उत्कृष्टलाई छानेर अडिसनको लागि बोलाइने निर्देशक सुनारले बताए ।

फिल्मका लागि निर्माण टिमले २० देखि २५ वर्ष उमेर समुहकी एक अभिनेत्री र २२ देखि ३० वर्ष उमेर समुहका दुई मंगोलियन अनुहारका अभिनेताका साथै अन्य सहायक कलाकारको लागि अडिसन खुल्ला गरेको हो । अडिसनबाट फिल्मको कथामा फिट हुने कलाकार नभेटे पुराना कलाकारलाई लिने सोचमा निर्देशक सुनार छन् । फिल्मको कथा उनी आफैंले तयार पारेका हुन् ।

अडिसन आगामी मार्च १२ अर्थात् यही फागुन २९ गते गरिनेछ । जुम्ला, मुगु र डोल्पामा छायांकन हुने फिल्मलाई हरी श्रेष्ठ र शेखर लामाले निर्माण गर्दैछन् । फिल्म ‘टुल्की’ खिच्नका लागि साउथ फिल्मका चर्चित छायाँकार अरोन अशोक कुमार नेपाल आउनेछन् । उनीसँग कागजी सम्झौता भैसकेको निर्देशक लक्ष्मण सुनारले बताए । उनी कथामा आफूले निकै मिहेनत गरेको बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }