सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भारतद्वारा सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २८, २०८१
  • 61
    SHARES

 

बैतडी । भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत रु तीन करोडको आर्थिक सहयोगमा पाटन नगरपालिका–४ मा रहेको भूमेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुन लागेको हो ।

भवनको पाटन नगरपालिकाका प्रमुख गौरी सिंहरावल र भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले शुक्रबार संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।

भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने  भारतीय राजदूतावासले जनाएको छ । भवन निर्माणका निम्ति पाटन नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

त्यसअवसरमा नगरप्रमुख रावलले नेपाली जनताको उन्नतिका लागि भारत सरकारले निरन्तर सहयोग गरेकामा कृतज्ञता ज्ञापन गर्नुभयो ।

“बैतडीको पाटन नगरपालिकास्थित भूमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ भवन उपयोगी हुनुका साथै यसले शिक्षणका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुरÞ्याउनेछ,” भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिअनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनमा छन्भने चार सय ९० वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा ४० वटा परियोजना सञ्चालनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }