बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा ३ हजार ८ सय बालबालिकालाई दादुरा रुबेला खोप लगाइँदै


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २७, २०७६
  • 507
    SHARES

रसुवाको ३ हजार ८ सय बालबालिकालाई दादुरा रुबेला खोप लगाइने भएको छ । आउँदो चैत १० गतेदेखि १८ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा ३ हजार ८ सय ४५ जनालाई खोप लगाइने जिल्ला खोप समन्वय समिति रसुवाले जनाएको छ । यसका लागि पाँच वटा गाउँपालिकामा २ सय २० वटा खोप केन्द्र सञ्चालन गरिने छ ।

यसमा ४ सय ४० जना स्वयसेवक खटिने छन् । जसमा ६१ जना खोप कार्यकर्ता परिचालन गरिने छ । समितिले मंगलबार एक कार्यक्रमको आयेजना गरेर यसको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । जिल्लामा खोप तथा सिरिन्ज आइसकेको, कोल्डचेनको व्यवस्था भएको र गाउँपालिकाहरूमा सूचनामुलक सामग्री वितरण भइसकेको समितिले जनाएको छ ।

जिल्लामा एकै चरणमा खोप लगाउन सकिने स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले जानकारी दिए । बच्चा जन्मेपछि सुरुमा लगाइने बिसिजि खोपको दर कम देखिएको छ । सुत्केरी गराउनका लागि नुवाकोट तथा काठमाडौं लगिने भएकाले कम देखिएको र अन्य खोप लगाउने दर बढी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }