मङ्लबार, कार्तिक ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दशैँ बिदापछि काठमाडौंको जनजीवन लयमाः सडकमा बढ्यो चहलपहल


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १०, २०८३
  • 50
    SHARES

काठमाडौँ – दशैँको लामो बिदापछि सरकारी कार्यालय र संस्थाहरू सुचारु भएसँगै काठमाडौं उपत्यकाको जनजीवन फेरि आफ्नो पुरानै लयमा फर्किएको छ ।

 

 

दशैँ मनाउन गाउँ गएका सर्वसाधारणको फिर्ती र सेवाग्राहीहरूको आवतजावतका कारण बिहीबार बिहानैदेखि बानेश्वर, माईतीघर, सिंहदरबार लगायतका प्रमुख चोक र सडकहरूमा सवारीसाधनको चाप बढेको हो ।

दशैँको टीका र बिदाको अवधिभर सुनसान देखिएका काठमाडौंका सडकहरूमा आज बिहानैदेखि सवारी साधनको लर्को देखिन थालेको छ ।

लामो दूरीका सार्वजनिक सवारीसाधनमार्फत काठमाडौं भित्रिने क्रम जारी रहनु र आजैदेखि सरकारी कार्यालयहरू पनि खुलेकाले सडकमा मानिस र सवारीको चाप बढेको हो । विशेषगरी बानेश्वर, कोटेश्वर, र कलङ्की जस्ता मुख्य प्रवेशद्वार र व्यस्त चोकहरूमा बिहानको समयमा ट्राफिक जामको अवस्था देखिएको छ ।

दशैँ बिदाको समयमा घर गएका कर्मचारीहरू र विद्यार्थीको उपस्थितिले उपत्यकाका बजार क्षेत्रमा पनि चहलपहल बढेको छ । ट्राफिक प्रहरीकाअनुसार सवारीको चाप बढेसँगै उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि थप जनशक्ति परिचालन गरिएको छ ।

आगामी केही दिनसम्म उपत्यका भित्रिनेहरूको संख्या अझ बढ्न सक्ने भएकाले सार्वजनिक यातायातमा विशेष ध्यान दिन र ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले आग्रह गरेको छ ।

बिदा पछिको पहिलो कार्यदिवसमा काठमाडौंको सवारी चापमा वृद्धि हुनु अस्वाभाविक होइन । यद्यपि, ट्राफिक व्यवस्थापन चुस्त राख्नका लागि सरोकारवाला निकायले समयमै योजना बनाएर अघि बढ्नु आवश्यक देखिएको छ । – न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)