रसुवा, २९ फागुन
समाजवादी पार्टी रसुवाको कार्यबाहक अध्यक्षमा एम्बि लामा नियुक्त भएका छन् । समाजवादी पार्टी जिल्ला समन्वय समिति रसुवाको बुधबार बसेको बैठकले जिल्लाको कार्यबाहक अध्यक्षमा लामालाई नियुक्त गरेको हो ।
यसअघिका अध्यक्ष टेकप्रसाद लामिछानेले पार्टीबाट राजिनामा दिएको र उपाध्यक्ष रहेका लामालाई पार्टीको बैठक बसि कार्यबाहक अध्यक्षको जिम्मेबारी दिइएको समाजवादी पार्टी रसुवाका सचिब अनन्त न्यौपानेले बताए ।
पार्टीमा राजनितिक तरंग आएपछि लामिछाने भने राष्ट्रिय स्वतन्त्र अभियानका लागि गएका छन् । २१ जनाको कार्यसमिति रहेको समाजवादी पार्टी रसुवाले जिल्लामा संगठन बिस्तार तथा शुद्धिकरण अभियान संचालनमा लागिपरेको समेत न्यौपानेले बताए ।
