मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाको सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०७६
  • 651
    SHARES

काठमाण्डौ – कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्पेनको बोउरबोन–पर्मा राजकीय परिवारकी सदस्य टेरेजाको कोरोनाका कारण निधन भएको युवराज सिक्टस हेनरीले पुष्टि गरेका छन् । टेरेजाको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । उनको निधनपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

पछिल्लो २४ घण्टामा स्पेनमा कोरोना सङ्क्रमित आठ सय ४४ जनाको ज्यान गएको छ । स्पेनमा अहिलेसम्म पाँच हजार ९ सय ८२ जनाको ज्यान गएको छ भने ७३ हजार दुई सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसैबीच विश्वका एक सय ९९ देश र अरु दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या झण्डै ३१ हजार पुगेको छ । अहिलेसम्म ६ लाख ६२ हजार चार सय दुई जना संक्रमित भएकामा ३० हजार आठ सय २६ जनाको ज्यान गएको वल्डोमटिरले जनाएको छ ।

एक लाख ४१ हजार चार सय ६५ जना भने उपचारपछि निको भएका छन् । त्यस्तै चार लाख ९० हजार एक सय ११ जनाको भने उपचार भइरहेको छ ।

अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १० हजार २३ जनाको ज्यान गएको छ भने अमेरिकामा एक लाख २३ हजार दुई सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)