सोमवार, भदौ २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौंमा ‘जुम्ली स्याउ प्रदर्शनी तथा विक्री सप्ताह’ शुरुः अर्गानिक उत्पादनको प्रवर्द्धनमा सरकारको जोड


  • माउन्टेन खबर
  • सोमवार, भदौ २२, २०८३
  • 42
    SHARES

काठमाडौं –   काठमाडौंको भद्रकालीस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को परिसरमा सोमवारदेखि ‘जुम्ली स्याउ प्रदर्शनी तथा विक्री सप्ताह’ शुरु भएको छ ।

 

 

जुम्लाको अर्गानिक स्याउको प्रचार–प्रसार तथा बजार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । प्रदर्शनीको पहिलो दिन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रदर्शनी स्थलको निरीक्षण तथा अवलोकन गर्नुभयो । सो क्रममा उहाँले जुम्ली स्याउको गुणस्तर र यसको विशिष्ट पहिचानलाई मध्यनजर गर्दै यसको ब्राण्डिङ र व्यवस्थित बजार व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

मन्त्री चौधरीले अर्गानिक उत्पादनलाई प्रोत्साहन दिनु राज्यको प्राथमिकता रहेको उल्लेख गर्दै नेपाली स्याउलाई स्वदेशी बजारमा स्थापित गर्न सरकारी तवरबाट आवश्यक नीतिगत तथा व्यावहारिक पहल गरिने विश्वास दिलाउनु भयो ।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदा किसानको आर्थिक जीवनस्तरमा सुधार आउने बताउँदै उहाँले जुम्ली स्याउ जस्ता मौलिक उत्पादनको संवद्र्धनका लागि यस्ता प्रदर्शनीले महत्वपूर्ण भुमिका खेल्ने धारणा व्यक्त गर्नुभयो । साताव्यापी रूपमा चल्ने यस प्रदर्शनीमा जुम्लाका विभिन्न बगैँचाबाट ल्याइएका अर्गानिक स्याउहरू उपभोक्ताका लागि प्रत्यक्ष बिक्री वितरणमा राखिएका छन् ।

प्रदर्शनीमार्फत जुम्ली स्याउको बजार विस्तारमा सहयोग पुग्ने र उपभोक्ताले प्रत्यक्ष रूपमा गुणस्तरीय अर्गानिक फलफूल प्राप्त गर्ने अपेक्षा गरिएको छ ।–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)