शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारले भोटेकोशी–त्रिशूली करिडोरका जलविद्युत आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्नुपर्छः अध्यक्ष घिसिङ


  • माउन्टेन खबर
  • शनिबार, भदौ २७, २०८३
  • 34
    SHARES

काठमाडौं-   उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निजी क्षेत्रका लगानीकर्ताको मनोबल बढाउन सरकारले भोटेकोशी–त्रिशूली करिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाको लागि विशेष प्याकेज घोषणा गर्नुपर्ने बताउनुभएको छ ।

 

 

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाढीले क्षति पुगेका निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनाका लगानीकर्तारुलाई प्रोत्साहन गर्न भन्सार छुट तथा सहुलियतसहित प्याकेज ल्याउनुपर्ने बताउनु भयो । उहाँले अगामी दिनमा सुरुङ तथा पावरहाउसहरुमा सुरक्षाको विषयलाई पनि गम्भीर रुपमा हेर्नुपर्ने बताउनु भयो । उहाँले विपद्को समयमा कर्मचारीहरु सुरुङ तथा पावरहाउसबाट सजिलै निस्कन मिल्नेगरी आपतकालीन निकासद्वार समेत बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बाढीपछिको प्रतिकार्यमा उर्जा मन्त्रालयको भुमिकामाथि पनि प्रश्न उठाउनु भयो । ऊर्जा मन्त्रालयले आफ्नो नेतृत्वदायी भुमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको महसुस भएको उहाँको भनाइ छ । जलविद्युत् आयोजनाको उद्धार लगायतका काममा मन्त्रालयले अपेक्षित रूपमा पहल गर्न घिसिङ बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लगानीकर्ताको  मनोबल बढाउनको लागि पनि सरकारले भोटेकोशीर–त्रिशूली करिडोरमा एउटा स्पेसियल प्याकेज घोषणा गर्नुपर्छ । यो कुरा मैले पिएमलाई भेटेर पनि गरेको थिएँ । यसको लागि नीतिगत, भन्सार र सहुलियतका कुरामा के–के दिन सकिन्छ ? यो विषय हेर्नुपर्छ । उर्जा मन्त्रालयको काम के हो त ? उर्जा मन्त्रालयले केही गरेको छैन भनेर त भन्दिनँ । उर्जा मन्त्रालयले यो विपद्मा केही गरेको छैन भनेर मैले भनेको छैन । उर्जा मन्त्रालयले एउटा लिड रोल लिएर हाइड्रो पावरको रेस्क्युदेखि लिएर सबै ठाउँमा पुस गर्ने रोल थियो । उहाँहरुले कति गर्नुभयो । तर उर्जा मन्त्रालयले त्यति ठूलो इनिसियटिभ गरेको मलाई चाहीँ लागेको छैन । उर्जा मन्त्रालयले यो विपद्मा जति भुमिका निर्वाह गर्नुपथ्र्यो त्यति भयो कि भएन भन्ने एउटा कोइसनमार्क चाँही छ ।’

उहाँले जलविद्युतको आयोजना तथा उर्जा क्षेत्रको विस्तार र विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)