आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गाईलाई आहारको प्रबन्ध मिलाउन विश्व हिन्दू महासंघको आग्रह


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०७६
  • 726
    SHARES

विश्व हिन्दू महासंघ नेपाल केन्द्रीय समितिले लकडाउनका बेला पनि राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

महासंघ शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरी मुलुकभर विशेषगरी उपत्यकाभित्र रहेका गाई फार्ममा भुसा, दानालगायत खाद्य पदार्थको अभाव रहेको उल्लेख गर्दै तिनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।

छिट्टै आहारको व्यवस्था नगरे सांस्कृतिकरूपमा गौमाताका रुपमा पूजिने गाई बचाउन मुस्किल हुने भएकाले सरकारको गम्भीर ध्यानाकर्षण गराइएको महासंघका महासचिव गणेशप्रसाद न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

“गौमाताको जीवनरक्षामा सरकार असंवेदशील भई गाई फार्महरुमा दाना तथा खाद्यपदार्थ पुर्याउन अवरोध गरेको विषय कदापि सह्य हुँदैन, कुखुरा फार्ममा दाना पुर्याउन व्यवस्था गरिदिने तर गाई फार्ममा दाना पुर्याउन बाधा दिने सरकारको रवैया तत्काल सच्चिनुपर्दछ”,विज्ञप्तिमा भनिएको छ।

गाई फार्मका सञ्चालकसँग समन्वय गरी तत्काल आहार जुटाउने प्रबन्ध गरी गाईको प्राण रक्षा गर्न महासंघले जोडदार माग गरेको छ । –––

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)