बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा उपभोग्य पसलमा भीड रोक्न दुरी कायम


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०७६
  • 686
    SHARES

बिश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस तथा कोभिड १९ संक्रमणको जोखिम बढेसँगै रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ स्याफ्रुबेशीमा रहेका खाद्यान्न तथा अत्यावश्यकीय पसलमा दुरी कायम गरिएको छ ।

सरकारले मंगलवारदेखि लागु गरेको लकडाउनको प्रभावले दैनिक उपभोग्य पसलमा भीडभाड हुन थालेपछि गोसाइँकुण्ड गाउँपालिकाको स्वास्थ्य शाखा र प्रहरीको नेतृत्वमा ग्राहकको लाइन बस्ने स्थानमा रेखांकन गरि गोलो घेरा लगाइएको हो ।

बजारका पसलमा उपभोग्य समान किन्नेहरुको भिडभाड हुन थाले पछि रेखांकन गरि गोलो घेरा लगाईएको गोसाइँकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताए ।

रेखांकन पछि पसलमा पनि भिड नहुने र कोरोनाको जोखिम रोकथाममा सहयोग पुग्ने उनले बताए । उपभोक्ता र बिक्रेता बिचको दुरी २ मिटरको गोलाकार कायम गरि रेखांकन गरिएको उनले बताए ।
जिल्लाका अन्य बजारहरुमा पनि रेखांकन गरि गोलो घेरा लगाइए भिडभाड कम हुने र कोरोना भाइरसको जोखिम कम गर्न सहयोग पुग्ने समेत घिमिरेले बताएका छन् ।

दैनिक उपभोग्य पसलहरुलाई नेपाल सरकारले अत्यावश्यकमा राखेको छ । जसका कारण अरु व्यापार, व्यवसाय बन्द गरिए पनि बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म दैनिक उपभोग्य सामानका पसल भने सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }