आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सदरमुकाम धुन्चेमा किटनासक औषधि छर्कियो


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०७६
  • 1.1K
    SHARES

बिश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणवाट बच्नका लागि रसुवाको सदरमुकाम धुन्चेमा किटनासक औषधि छर्किन थालिएको छ । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नको लागि थप पूर्व सतर्कता अनुरुप किटाणु मार्न प्रयोग हुने किटनासक औषधि छर्कन सुरु गरेको हो ।

कोभिड १९ संक्रमण, रोकथाम, उपचार र नियन्त्रणका लागि ३ सय २० लिटर औषधिमा पानी मिसाएर छर्कन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

पहिलो दिन आइतबार सदरमुकाम धुन्चे बजार, क्वारेनटाइनस्थल, जिल्ला अस्पताल लगायतका बजार क्षेत्रमा १० जना टोलि परिचालन गरि छर्किएको उनले बताए ।

प्रदुषण निवारण अर्थात किटाणु मार्न प्रयोग गरिने यो औषधी अहिलेको समयमा पनि सान्दर्भिक हुने भएकाले जिल्लाभर नै किटनाशक औषधि छर्कनका लागि गाउँपालिका मार्फत समन्वय गरिरहेको समेत उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)