मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड–१९ का सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाको खोजी शुरु


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १७, २०७६
  • 1.0K
    SHARES

सरकारले कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएकाको खोजी (कन्ट्याक ट्रेसिङ) शुरु गरेको छ ।

नेपालमा हालसम्म सङ्क्रमण पुष्टि भएका पाँच जनाको विमानबाट सँगै आएकादेखि अस्पताल आउँदासम्म सम्पर्कमा रहेकाको खोजी भइरहेको जनाइएको छ ।

‘कान्ट्याक ट्रेसिङ’ का लागि टोली परिचालन भइसकेको मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जनाएको हो ।

पुष्टि भएका बाग्लुङका पाँचौ सङ्क्रमित व्यक्तिसँग सम्पर्क भएकाको खोजी भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

पुष्टि भएका चौथो व्यक्तिको विमानसम्ममा सम्पर्क भएका व्यक्तिको खोजी भइसकेको छ । सङ्क्रमण भएका पाँच जना व्यक्तिको अवस्था सामान्य रहेको उनले जानकारी दिनुभयो ।

मन्त्रालयले नागरिकको समस्या र गुनासो सुन्न शुरु गरेको टोल फ्रि नम्बरमा १११५ र ११३३ मा दैनिक हजारौँ कल आउने गरेको छ । देशभर अहिलेसम्म कुल ९१७ जनाको परीक्षण भएकामा त्योमध्ये ९१२ नेगेटिभ र पाँच जनाको पोजेटिभ देखिएको हो । कोभिड–१९ सङ्क्रमण पुष्टि भएका पाँचजना नै उपचार गराइरहेका छन् ।

सङ्क्रमणको आशङ्कामा अहिले १२ जनालाई ‘आइसोलेसन’मा राखिएको पनि मन्त्रालयले जनाएको छ । सरकारले स्वास्थ्य सुरक्षाका लागि आवश्यक बिभिन्न सामग्री चीनबाट आइतबार ल्याएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । खरिद भएका सामग्रीमा स्वाथ्यकर्मीका लागि आवश्यक सुरक्षा सामग्री, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई), प्रयोगशालामा नमूना परीक्षणका लागि आवश्यक सामग्रीलगायत रहेका छन् ।

बुटवलमा क्वारेटाइनमा मृत्यु भएका व्यक्तिको अहिले नमूना परीक्षण गर्न लागिएको प्रवक्ता देवकोटाले जानकारी दिए।

बिभिन्न अस्पतालबाट सामान्य रुघाखोकी, ज्वरोको समस्या लिएर जाँदा गेटबाट फर्काउने गुनासो आइरहेको भन्दै प्रवक्ता देवकोटाले  सरकारी, गैरसरकारी र सामुदायिक अस्पतालले सङ्कटका समयमा मिलेर काम गर्नुपर्ने बताए।

कोडिड–१९ का तोकिएका अस्पताल, मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक सेवा सबै दिनुपर्ने  नत्र सरकारले कारवाही गर्ने उनले  बताए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)