बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहलाई


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १७, २०७६
  • 476
    SHARES

गृह मन्त्रालयले आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले गर्ने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधित्व हुने गरी समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले बिक्री वितरण गर्दा न्यूनतम एक मिटरको दूरी कायम गर्ने, वडास्तरीय समितिले आफ्नो वडाभित्र रहेका हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिको लगत सङ्कलन गर्ने, स्टोर वा बिक्रेताले बिक्री गर्दा न्यूनतम दैनिक उपभोग्य वस्तु रहने गरी प्याकेज बनाउने निर्णयसमेत गरेको छ ।

यस्तै, वर्तमान स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिलाई वडास्तरीय समितिले सहयोगस्वरुप न्यूनतम दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने, सहयोग प्याकेज बनाउँदा चार जनाको परिवारलाई पुग्नेगरी एउटा र चारजनाभन्दा बढी परिवार भएकालाई अर्को प्याकेज बनाइने भएको छ ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तुको मौज्दात नियमित रुपमा अद्यावधिक गरी सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }