शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

देशभर ८७ जना आइसोलेसनमा, नमूना परीक्षण ल्याबहरु सातै प्रदेशमा


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १८, २०७६
  • 656
    SHARES

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर एक हजार ६० व्यक्तिमा कोरोना  परिक्षण गरिएको र अहिले ८७ जना आइसोलेसनमा रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार मन्त्रालयका  प्रवक्ता डा विकास देवकोटाले टेकुमा १० जना र उपत्यका बाहिर प्रदेश स्तरमा ७७ जनालाई आइसोलेसनमा राखिएको जानकारी दिए ।

ती व्यक्तिको कोविड–१९ को नमूना परीक्षण भइरहेकाले कोरोना संक्रमण भए नभएको स्पष्ट भइनसकेको प्रवक्ताका देवकोटाले जानकारी दिए। उनीहरुको रिपोर्ट एक दुई दिनभित्रै प्राप्त भइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले  नेपालमा हालसम्म ४ जनालाई कोरोना भएको पुष्टी भइसकेको र उनीहरुको उठबस, खानपान समेतका विषयहरु खोजतलास गर्ने कार्य भइरहेको र तीमध्ये २ व्यक्तिको “कन्टाक्ट ट्रेसिङ” सम्पन्न भएको बताए ।

बाँकी २ जनाको पनि “कन्टाक्ट ट्रेसिङ” कार्य ८० प्रतिशत सकिएको छ ।

जस अन्तर्गत संक्रमित व्यक्ति, उनीहरुका आफन्त, वरिपरिका मानिसहरु, परिवारका सदस्यहरु  समेतका व्यक्तिको खोजी गरेर ट्रेसिङ गरिन्छ ।

प्रवक्ता देवकोटाले सातै प्रदेशमा पिसिआर मेसिन सहितको ल्याब स्थापना गर्ने कार्यलाई तिब्र बनाइएको जानकारी दिए।

उनले प्रदेश १ को धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याब स्थापना भई संचालनमा आइसकेको, पोखरामा मेसिन जडान कार्य सम्पन्न भएको पनि जानकारी दिए ।

धनगढीमा पुगिसकेको, जनकपुरमा आजै पुग्ने, बुटबल र सुर्खेतमा जानेक्रममा रहेको पनि प्रवक्ता देवकोटाले बताए ।

पाटन र बीर अस्पतालमा मृत्यु भएका दुबै व्यक्तिको नमूना परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएको उनले बताए ।

प्रवक्ता देवकोटाले ज्वरो आउनासाथ कोरोनाको संक्रमण भन्न नसकिने भएकाले निजी तथा सार्वजनिक दुबै किसिमका अस्पतालले बिरामीको उपचार गर्न आग्रह पनि गरे ।

स्वास्थ्य मन्त्रालयले हाल तीन किसिमको रणनीति अपनाएको जानकारी दिदै प्रवक्ता देवकोटाले पहिलो, क्वारेन्टाइनलाई थप प्रभावकारी बनाउने , दोस्रो, नमूना परीक्षणको दायरा बढाउने र तेस्रो, अस्पतालको तयारी र व्यवस्थापन रहेको बताए ।

यी तीनै रणनीतिहरु मुख्यतः बाहिरबाट नेपाल आएका व्यक्तिहरुमा बढी केन्द्रित रहेको  उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }