बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उद्याेग संचालनमा सहयाेग गर्न मजदूरहरूलाई नेपाल उधोग बाणिज्य महासंघकाे अपिल


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १८, २०७६
  • 551
    SHARES

नेपाल उद्योग वाणिज्य महासंघले काेराेना भाइरसका कारण विषम अवस्थामा अत्यावश्यक वस्तु तथा सेवासंग सम्बन्धित उद्योग व्यवसायले अझ बढी उत्पादनहरू बढाई उत्पादित वस्तु निर्वाध रूपमा मुलुकभर पुरयाउने कार्यमा सबै श्रमिक कामदारबाट सदाझै महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास लिएकाे छ ।

महासंघद्वारा जारी विज्ञप्तीमा सुरक्षाका सबै उपायहरू अवलम्वन गर्दै उत्पादन प्रकृया र आपूर्ति व्यवस्थापनमा सहभागी भई आजको कठिन अवस्थामा मुलुकलाई सहयोग गर्न सम्पूर्ण श्रमिक कामदार समक्ष अपिल गरिएकाे उल्लेख छ । साथै अत्यन्त जोखिम मोलेर उद्योग संचालन गरिरहेका उद्योगीहरूले उत्पादन गरेका वस्तुहरू एक जिल्लाबाट अर्को जिल्लामा लैजादा अनेकन समस्या व्यहोर्नु परेकाले आपूर्तिमा संलग्न उद्यमी व्यवसायीहरूलाई आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन महासंघ स्थानीय प्रशासन र प्रहरी समक्ष अनुरोध समेत गर्दछ भनिएकाे छ ।

महासंघकाे विज्ञप्तीमा भनिएकाे छ, लगभग चार महिना अगाडीबाट शुरु भई महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगका कारण नेपाल सहित विश्वनै त्रासदीको अवस्थामा यतिखेर छ । यो संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि अन्य राष्ट्रहरू जस्तै नेपाल पनि पछिल्लो एक सातादेखिनै लकडाउनको अवस्थामा छ । विपतको यस अवस्थामा हामी सवैले आ–आफ्ना जिम्मेवारीहरूलाई निर्वाह गर्न सक्यौ भने यो महामारीलाई समयमै नियन्त्रण गरी देशलाई जतिसक्दो छिटो लकडाउनको अवस्थाबाट मुक्त गर्न सकिने हाम्रो वलियो विश्वास छ ।

महासंघले अगाडि भनेकाे छ, यतिखेर मुलुकभित्र आर्थिक गतिविधि ठप्प छ । तथापी हामीले अत्यावश्यक वस्तुहरूको आपूर्तिमा विशेष ध्यान दिनै पर्छ । संकटको यस घडीमा अत्यावश्यक वस्तुहरू जस्तै खाद्यान्न, औषधि लगायतका वस्तुहरू उत्पादन गरी उत्पादित वस्तुहरू आम सर्वसाधारणसम्म पुर्याउन नसकेमा मुलुक अझै ठूलो समस्यामा पर्न जानेमा कसैको दुईमत हुँदैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }