बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मनकारी विवेक शर्मा : जसले तीनदिनको सुत्केरीदेखि ७० वर्षको वृद्धसम्मलाई राहत बाँडे


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १९, २०७६
  • 1.2K
    SHARES

काठमाडौँ, १८ चैत । टोखा नगरपालिका–३ बानियाटारमा दैनिक मजदूरी गरेर जीवनयापन गर्दै आएका २२ परिवारका ८५ जनालाई खाद्यान्न वितरण गरिएको छ ।

‘मिसन अन्नपूण’ समूहले जनकल्याण सामाजिक केन्द्रको सहकार्यमा विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै नेपालमा समेत लकडाउन गरेपछि दैनिक मजदूरी गरेर जीविकोपार्जन गर्न समस्या परेका २२ परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

मिसन अन्नपूर्णका संयोजक विवेक शर्माले प्रतिपरिवारलाई दश किलोग्राम चामल, दुई किलोग्राम दाल, एक किलोग्राम नुन, आधा लिटर तेल, दुई किलोग्राम आलु र एक पुरिया ठूलो साबुन वितरण गरेको जानकारी दिनुभयो । यस्तै रु १२ हजार ५०० नगदसमेत वितरण गरिएको छ ।

“खानाको अभावले कोहीपनि नेपाली भोकभोकै नमरोस् भन्ने उदेश्यले मिसन अन्नपूर्ण अभियान सञ्चालन गरेको हुँ,”– संयोजक शर्माले भन्नुभयो । उहाँले काठमाडौँ, भक्तपुर र ललितपुरमा बस्ने जोकोही खानाको अभाव भए फोन गर्न आग्रह समेत गर्नुभएको छ ।

जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकास दासले बाँके र भारतबाट टोखामा आई मजदूरी गरेका व्यक्तिलाई सहयोग गरिएको जानकारी दिनुभयो । सहयोग लिनेमा तीन दिनको बच्चादेखि ७० वर्ष उमेर समूहका व्यक्ति रहेका थिए ।

विश्वव्यापी रुपमा फैलँदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को नेपालमा सम्भावित सङ्क्रमणका कारण सरकारले चैत ११ गते विहानदेखि २५ गतेसम्म ‘लकडाउन’ गरेपछि दैनिक मजदूरी गरेर पेट पाल्दै आएका विपन्न परिवारलाई खानाको अभाव हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)