आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ओली–प्रचण्ड भेट: विपन्नलाई राहत दिने विषयमा छलफल


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २०, २०७६
  • 593
    SHARES

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कोडिभ–१९ को सङ्क्रमण रोक्न सरकारले चालेका कदमबाट प्रभावित जनतालाई राहत दिने विषयमा छलफल भएको छ ।

हिजो अपराह्न प्रधानमन्त्री निवासमा भएको छलफलमा गरिब, किसान, मजदूर र विपन्न वर्गलाई राहत दिने तथा उनीहरुको व्यवस्थापनका विषयमा गहन संवाद भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

छलफलमा उनीहरुबीच कोरोना भाइरसको नियन्त्रण तथा उपचारमा प्रयोग गरिने सामग्री खरिदको विषयलाई लिएर भइरहेका टिकाटिप्पणीका बारेमा पनि कुराकानी भएको स्रोतले बतायो ।

यस्तै नेपाल र भारत दुवै मुलुकले लकडाउन गरेपछि सीमा क्षेत्रमा फसेका नेपालीको समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)