मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सङ्क्रमितका आफन्तको ८४ प्रतिशत ‘कन्ट्याक ट्रेसिङ’ सकियो


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २०, २०७६
  • 564
    SHARES

कोरोना भाइरस (कोभिड–१९)का सक्रमितसँग सम्बन्धित सबैको ८४ प्रतिशत निगरानी (कन्ट्र्याक ट्रेसिङ) सकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएकाका परिवारका सदस्य, साथीको निगरानी (ट्रेसिङ) ८४ प्रतिशत सकेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराईरहेका  सङ्क्रमित व्यक्तिका परिवारका १२ जनाको नमूना परीक्षण सकिएको  छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ । अन्य सङ्क्रमितका परिवारको नमूना परीक्षण गर्दा सबैको कोभिड–१९ नेगेटिभ आएको  प्रवक्ता देवकोटाले जानकारी दिए ।

अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई जना र बागलुङमा एक जना सङ्क्रमितको उपचार भइरहेको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार अहिलेसम्म एक हजार १३३ को कोभिड–१९ परीक्षण गरिसकिएको छ ।

यसैगरी मोबाइल एपमा आएका सम्भावित लक्षणका आधारमा १२ जनामा ज्वरो र खोकी लागेकाले तिनीहरुको पनि नमूना परीक्षण गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }