आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा खाद्यान्न आपूर्ति व्यवस्थापनका लागि उपसमिति गठन


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २०, २०७६
  • 623
    SHARES

रसुवा खाद्यान्न आपूर्ति व्यवस्थापनका लागि उपसमिति गठन गरिएको छ । जिल्ला सुरक्षा समिति रसुवाको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराइको संयोजकत्वमा ८ सदस्यीय उपसमिति गठन गरेको हो ।

सदस्यहरुमा नेपाली सेनाको सेनानी सुरेन्द्र रोक्का, प्रहरी निरिक्षक श्यामकुमार वस्नेत, शसस्त्र प्रहरी निरिक्षक अच्युतमणि अधिकारी, अ.स. देवनारायण सिंह, नेपाल रेडक्रस सोसाइटी शाखा प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि र चेम्बर अफ कमर्शका प्रतिनिधि रहेका छन् ।

गठित उक्त उपसमितिले जिल्लाभरिका मुख्य बजारस्थलको स्टक अवस्था, तथ्याङ्क संकलन, विश्लेषण, आपूर्ति गर्ने मुख्य स्रोत र बाह्य जिल्लाको बजारस्थल पहिचान, संकट अवस्थामा खाद्यान्न वितरणका लागि स्टोर गरी राख्नका लागि निर्माण गर्न सकिने गोदामघर स्थल पहिचान र क्षमता अध्ययन तथा गोदाम घरबाट प्रत्येक वडास्तरसम्म पुग्न सकिने मार्ग, जनसंख्या विवरण लगायतका बिषयमा अध्ययन गरी प्रतिवेदन तयार पार्नुपर्ने भएको छ ।

उपसमितिले ५ दिनभित्र अध्ययन गरी प्रतिवेदन पेश गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । जिल्लामा भविष्यमा पर्न सक्ने खाद्यान्न संकटको समस्यालाई दृष्टिगत गरी उक्त विवरण संकलन सगर्न लागिएको समेत उनको भनाई रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)