नेपालमा थप एकजना महिलामा कोभिड १९ को पोजेटिभ देखिएकोे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप एक जना महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिए
पछिल्लो संक्रमणका विरामी संगै कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यी संक्रमित विरामी पनि चैत ४ गते कतार एयरवेजको क्यूआर सिक्स फाईब टु नम्बरको उडानबाट काठमाण्डौ आएको प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।
छैटौ संक्रमित महिला बाग्लुङकी हुन् । यसअघि कतार एयरवेजको क्यू आर सिक्स फाईब टु नम्बरको उडानबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिईसकेको थियो ।
अहिले सम्म काठमाण्डौ र काठमाण्डौ बाहिर गरी १ हजार १ सय ८४ वटा नमुना परीक्षण गरिएको पनि डाक्टर देवकोटाले जानकारी दिए । ४३ वटा काठमाण्डौमा र धरानमा १२ वटा नमुना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वावको नमुना परीक्षणका लागि लिएको पनि उनले जानकारी दिए ।
डाक्टर देवकोटाका अनुसार १६ जना उपत्यकामा र ९९ बाहिर गरी मुलुकभर १ सय ५ जना आइसोलेसनमा छन् । मन्त्रालयको एप्समा ४हजार १ सय ९८ जनाले आफ्नो स्वास्थ्य विवरण भरेको र ती मध्ये १७ जना रेडमा रहेकाले उनीहरुको स्वावको परीक्षण गरिने पनि जानकारी उनले दिए।
