शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारीमा बिलबिजक अनिवार्य


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २०, २०७६
  • 474
    SHARES

रसुवामा अत्यावश्यक सामाग्री बोकेर जिल्ला भित्र भित्रिने सवारी साधनले अनिवार्य रुपमा बिलबिजक बोक्नुपर्ने भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय रसुवामा बसेको कोभिड १९ जिल्ला कमाण्ड पोष्टको बैठकले जिल्ला बाहिरबाट ढुवानी हुने सवारी साधनले अत्यावश्यक मालबस्तुको बिलबिजक अनिवार्य रुपमा बोक्नुपर्ने निर्णय गरेको हो ।

अन्य आवश्यक कागजात वा सम्बन्धित व्यवसायी र फर्मले जारी गरेको मिति स्थान खुलेको सिफारिस र अनुरोध पत्रका आधारमा ढुवानी भएका सवारी साधनलाई जिल्लामा प्रवेश गराइने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

जिल्ला प्रवेश गरेका सवारी साधनलाई बेत्रावती स्थित सुरक्षा पोष्टबाट ढुवानी कार्ड जारी गरी अभिलेख राखिने भएको छ । त्यसका लागि चालक र एकजना सहयोगिले मात्र यात्रा गर्न पाउने भएका छन् । उनीहरुले अनिवार्य रुपमा मास्क, पन्जा र ह्याण्ड स्यानेटाइजर को प्रयोग गर्नुपर्ने निर्णय भएको छ ।

त्यसैगरि, अत्यावश्यक बस्तु (खाद्यान्न, औषधी, इन्धन, कुखुरा, कुखुराको चल्ला, दाना, फलफूल, तरकारी, दुध आदी) बोकेका सवारी साधनले सम्बन्धित वडा कार्यालय वा व्यवसायी र फर्मले जारी गरेको लिखित सिफारिस र अनुरोध सुरक्षा पोष्टले दिनुपर्ने र पोष्टले यकिन गर्ने निर्णय भएको छ ।

यदि उचित देखिएमा सुरक्षा पोष्टले ढुवानी कार्ड जारी गर्ने भएको छ । हरेक सुरक्षा पोष्टले जारी गरेको ढुवानी कार्डमा समय खुलाई दरपीठ गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }