नेपाल आयल निगमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ।
निगम सञ्चालक समितिको बसेको बैठकले उक्त कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले जानकारी दिए।
उक्त रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बिहीबार महाप्रबन्धक पौडेलले हस्तान्तरण गरे।
निगमले भाइरसको संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारले गरेको निर्णय कार्यान्वयनमा सघाउन पनि सबैलाई अपील गरेको छ।
