रसुवामा बिदेशबाट आउने व्यक्तिको अभिलेख राखिने भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय रसुवामा बसेको कोभिड १९ जिल्ला कमाण्ड पोष्टको बैठकले जिल्लामा बिदेशबाट आउने व्यक्तिको छुट्टाछुट्टै अभिलेख बनाई राख्ने निर्णय गरेको हो ।
अन्य जिल्ला स्थायी ठेगाना भई रसुवा प्रवेश गर्ने व्यक्तिहरु र भारत वा तेस्रो मुलुक हुँदै रसुवा प्रवेश गर्ने व्यक्तिहरुको निश्चित फर्मेट बनाई छुट्टाछुट्टै रुपमा अभिलेख राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
बेत्रावती हेल्थ डेस्क र सरमथली हेल्थ डेस्कमा अभिलेख राखिने भएको छ । प्रत्येक दिनको अभिलेख जिल्ला विपद् व्यवस्थापन समिति, रसुवा अन्तर्गतको कोभिड १९ सूचना केन्द्रमा उपलब्ध गराउनुपर्ने भएको जनाइएको छ ।
