शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौं महानगरपालिका वडा नम्बर १६ द्वारा राहत वितरण सुरु


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २१, २०७६
  • 546
    SHARES

काठमाडौं २१ चैत । काठमाडौं महानगरपालिका वडा नम्बर १६ ले कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावितहरु बनेकालाई राहत वितरण गर्न सुरु गरेको छ ।

वडा कार्डाललयले अतिविपन्न, असाहय र मजदुरवर्गका उपभोक्तालाई राहत वितरण सुरु गरेको वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । उनले बिहीबार र शुक्रबार गरी ६०० जनालाई राहत वितरण गरिएको र अन्य प्रभावितलाई पनि क्रमशः राहत वितरण गरिने जानकारी दिए ।

रिजालका अनुसार राहत लिनका लागि वडाले महानगरीय प्रहरी बृत्त बालाजु र स्रोहखुट्टे तथा प्रहरी बिट म्हैपी, चःमती, वनस्थली, खरिबोट र सामूदायिक प्रहरी बालाजुबाट फारम लिइ त्यहीँ बुझाउन आह्वान गरेको थियो ।
जसअनुसार वडा नम्बर १६ भरीका जम्मा ३ हजार ९०० जनाले आवेदन दिएको बताउँदै रिजालले उनीहरुमध्ये ६०० जनालाई राहत वितरण गरिएको र बाँकीलाई क्रमशः वितरण गरिँदै जाने बताए ।

वडा कार्यालयका अनुसार बिहीबार बालाजुमा ३०० जनालाई र शुक्रबार बनस्थलीमा ३०० जनालाई राहत वितरण गरिएको छ । राहत सामग्रीमा चामल, दाल, तेल, मसला, नुनलगायतका खाद्य सामग्री रहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् ।

यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले निर्णय गरेको थियो ।

जसअनुसार काठमाडौं महानगरपालिकाले सबै वटामा राहतमा एकरुपता गर्ने गरी राहत वितरण मापदण्ड नै बनाएको छ ।

मापदण्डले अभिभावक नभएका, आफ्नो आयश्रोत तथा जायजेथा नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएका व्यक्तिलाई असहाय भनेको छ । त्यस्तै आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौधौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ ।

यसैगरी दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भन्नाले सङ्गठित संस्थामा काम गर्ने बाहेक महानगरमा विगतदेखि दैनिकरुपमा ज्याला मजदूरी गर्दै आएका, काठमाडौँमा घरजग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने कामदार तथा मजदूर भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }