आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाविरुद्धको लडाइँमा सरकारलाई साथ दिन राष्ट्रपतिको अपिल


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २१, २०७६
  • 850
    SHARES

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको लडाइँमा सरकारलाई साथ दिन सबैमा अपिल गरेकी छिन।

कोरोना भाइरसका कारण सिंगो धर्ती युद्ध मैदान जस्तै भएको भन्दै राष्ट्रपति भण्डारीले यस लडाइँमा मानव जाति विजयी हुने विश्वास पनि व्यक्त गरेकी छिन।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ‘कुनै भावनामा नबगी कोरोना भाइरसको गाम्भीर्यलाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन अपिल गरेकी छिन।

हाम्रो संयमले नै सिंगो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भन्दै राष्ट्रपति भण्डारीले सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै संक्रमण फैलन नपाएको दावी गरेकी छिन।

सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको प्रशंसा गर्दै राष्ट्रितिले ‘तपाईंहरूको साथमा राज्य छ र आमजनताको गहिरो शुभेच्छा सधैं रहिरहनेछ भनेकी छिन।

कोरोना भाइरसका कारण सिंगो धर्ती युद्ध मैदान जस्तै महशूस भएको भन्दै राष्ट्रपति भण्डारीले कोरोना भाइरसविरुद्धको लडाइँमा मानवजाति विजय हुने विश्वास व्यक्त गरिन् ।

कोरोनाबाट संक्रमित भई उपचाररत सबै नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले महामारीविरुद्धको लडाइँमा सक्दो योगदान गर्न सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थालाई आह्वान पनि गरेकी छन् ।

संक्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर सरकारले लकडाउन गरेको भन्दै उनले सतर्कता नअपनाएमा संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो, आफ्नो परिवार, छिमेकी र समुदायको स्वास्थ्यमा ध्यान दिन आग्रह गरिन् ।

उनले यस समय संसारका विभिन्न मुलुकमा रहेका सबै नेपाली नागरिकलाई आ–आफ्नो ठाउँमा सुरक्षित रहन पनि आह्वान गरिन् ।

विभिन्न देशमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन ती देशले देखाएको तत्परताका लागि राष्ट्रपति भण्डारीले सबै मित्रराष्ट्रप्रति आभार पनि प्रकट गरेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)