आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल उद्योग वाणिज्य महासंघ व्दारा राहत समाग्री हस्तान्तरण


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २३, २०७६
  • 757
    SHARES

नेपाल उद्योग वाणिज्य महासंघले  लकडाउनका समयमा विहान वेलुका हातमुख जोर्न समस्या भएका श्रमिक कामदारहरूलाई  पहिलो चरणमा चार हजार प्याकेट राहत सामग्री वितरण गरेको छ ।

बाचौ र बचाऔं भन्ने अभियान अन्तरगत रहेर  महासंघले कोरोना भाइरस विरुद्ध सहयोग अभियान २०२० संचालन गरी राहत सामग्री संकलन कार्य जारी राखिएको जनाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र महासंघका अध्यक्ष भवानी राणाले आज काठमाडौंमा एक कार्यक्रम बीच संयुक्त रूपमा राहत सामग्री हस्तान्तरण गर्नुभयो ।

राहत सामग्रीमा प्रतिप्याकेट १० केजी चामल, १ केजी दाल रहेको छ । उक्त राहत सामग्री उद्योग वाणिज्य संघ काभ्रे, काठमाडौं महानगरपालिका वडा नम्वर ३१, मध्यपुर थिमि वडा नम्वर ३ र ६, काठमाडौं महानगरपालिका वडा नम्वर १६, उत्पिडित सुकुम्वासी वस्ती, वडा नम्वर ११ थापाथली, अन्तराष्ट्रिय आप्रवासी समुदाय, डोलेश्वर महादेव समिति, कामनपा वार्ड नम्वर १ र २०, नेपाल चलचित्र प्राविधिक संघ, गणेश केसी समेतको टोल, सुन्दरीजल चाइना गेट, पशुपति क्षेत्र आश्रम सवै, नवजिवन चिल्ड्रेन होम हात्तिवन ललितपुर लगायतका संघ संस्था मार्फत वितरण गर्ने गरी सो अवसरमा हस्तान्तरण गरियो ।

राहत सामग्री वितरण कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू जय सिवाकोटी, आकाश अधिकारी, रविन श्रेष्ठ र नेपाल विज्ञापन संघका पदाधिकारीहरूको सहभागिता थियो ।
महासंघले यस अघि “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा ५० लाख नगद सहयोग गर्नुका साथै बाकी १ करोड बराबरको स्वास्थ्य तथा खाद्यान्न लगायतको सामग्रीहरू सहित जम्मा १ करोड ५० लाख वरावरको सहयोग गर्ने घोषणा गरेको थियो ।

सोही सहयोग अन्तरगतनै महासंघले केही समय अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रालयलाई दशहजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरेको थियो भने थप स्वास्थ्य सामग्री संकलनमा पनि महासंघ लागिरहेको महासंघले जनाएको छ ।

महासंघले संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई मनन गर्दै मुलुकलाई परेको अप्ठेरो समयमा सरकारलाई हरतरहले सहयोग गर्दै आएको महासंघ व्दारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
महासंघले लकडाउनको समयमा अत्यावश्यक उद्योगहरू सुरक्षाको उपायहरू अवलम्वन गर्दै संचालन गर्न समेत आग्रह  गरेको छ ।

महासंघका सवै सदस्य संघ संस्था उद्योग प्रतिष्ठानहरूलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निश्पक्ष रूपमा विक्रि वितरण गर्न तथा आम जनमानसमा अनावश्यक रूपमा अत्यावश्यक सामग्रीहरूको भण्डारण नगर्न  समेत आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)