आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अर्थतन्त्र पुनःस्थापना योजनाका सम्बन्धमा बहुपक्षीय दातृ निकायका दक्षिण एसिया हेर्ने उपाध्यक्षहरुसँग अर्थमन्त्रीको छलफल


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २८, २०७६
  • 484
    SHARES

अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्र पुनःस्थापना योजनाका सम्बन्धमा बहुपक्षीय दातृ निकायका दक्षिण एसिया हेर्ने उपाध्यक्षहरुसँग छलफल शुरु गरेका छन् ।

अहिले उनीसँग सबै बहुपक्षीय दातृ निकायका प्रतिनिधिहरुसँग एकसाथ छलफल भइरहेको छ।
मन्त्री खतिवडाले खासगरी अर्थतन्त्र पुनःस्थापनाका लागि नेपालले चाल्न लागेको कदम र बहुपक्षीय दातृ निकायको सहयोगका सम्बन्धमा कुराकानी गर्नेछन् ।

उनीसँग राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव शिशिर ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी तथा सहसचिव (अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख) श्रीकृष्ण नेपाल छन् ।

भिडियो कन्फ्रेसिङमार्फत् हुने छलफलमा सबै बहुपक्षीय दातृ निकायबाट नेपाललाई सल्लाहसुझाव र सम्भावित सहयोगका सम्बन्धमा छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ ।
नेपालले विश्व बैंकबाट कोरोनासँग जुझ्नका लागि आपत्कालीन सहयोग अन्तर्गत २ करोड ९० लाख डलर सहुलियत ऋण प्राप्त गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय वित्त निगममार्फत् पनि निजी क्षेत्रका लागि केही सहुलियत कर्जा उपलब्ध हुन सक्ने विश्व बैंक समूहले जनाएको छ । त्यस्तै एडीबीले ५ करोड अमेरिकी डलर सहुलियत ऋण प्रदान गर्न सहमत भएको छ ।

यसका अतिरिक्त, अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ७ करोड ८५ लाख एसडीआर अर्थात् १३ अर्ब ९ करोड रुपैयाँ निब्र्याजी ऋण सहायता स्वीकार गर्ने निर्णय गरिसकेको छ । त्यस्तै चीनको नेतृत्वमा स्थापना भएको एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) का दक्षिण एसिया उपाध्यक्ष पनि छलफलमा छन् ।
कोरोना भाइरसको महामारीको क्षति यकिन गरी अर्थतन्त्र पुनःस्थापनाका लागि प्रोत्साहन प्याकेज ल्याउन नेपालले दातृ सहयोगको अपेक्षा राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }